माओवादी केन्द्रले सोमबार मात्रै समानुपातिकतर्फको बन्द सूची बुझाउने

काठमाडौँ- नेकपा(माओवादी केन्द्र)को आजको बैठकमा समानुपातिकतर्फको उम्मेदवारको बन्द सूचीका बारेमा छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।
सोमबार बिहान बस्ने बैठकमा समानुपातिकतर्फको सूची निश्चित गर्ने आज बसेको पदाधिकारी बैठकले निर्णय गरेको छ । सङ्घीय तथा प्रदेश सभाका लागि प्रदेश र जिल्लाबाट सिफारिस भएका नाममाथि छलफल गरी निष्कर्ष निकाल्नका लागि केही छलफल गर्नुपर्ने भएकाले थप समय लागेको बताइएको छ ।
निर्वाचन आयोगले आज र भोलिसम्म समानुपातिकतर्फको सूची बुझाउने कार्यतालिका तय गरेको छ । माओवादी केन्द्रका नेता गणेश साहका अनुसार सोमबार बिहान बस्ने पदाधिकारी बैठकले आवश्यक निर्णय गर्नेछ । जिल्ला र प्रदेशबाट आएका नाममाथि मसिनो गरी छलफल गरेर आवश्यक निर्णय गरिने माओवादीले जनाएको छ ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया