‘किल बिल’को रिमेक गर्दै अनुराग कश्यप

मुम्बई: स्टाइलिस फिल्मका लागि चिनिन्छन् हलिउड निर्देशक क्वान्टिन टेरेन्टिनो । ‘रिजर्भायर डग्स’, ‘पल्प फिक्सन’ जस्ता फिल्म निर्देशन गरेका टेरेन्टिनोले उमा थुरमानलाई मुख्य भूमिकामा अभिनय गराएको ‘किल बिल’ एक्सन फिल्ममा उदाहरण मानिन्छ । टेरेन्टिनोले यसका दुई भाग बनाएका थिए जुन ‘कल्ट’ मानिन्छन् ।
यही ‘किलबिल’लाई अब बलिउडमा पनि हेर्न पाइने भएको छ । ‘ग्यांग्स अफ वासेपुर’ निर्देशक अनुराग कश्यपले यसलाई हिन्दीमा ‘एडप्ट’ गर्ने तयारी गरिरहेको खबर छ । निर्माता निखिल द्धिवेदीले अनुराग कश्यपले लेखनको काम सकाएको र उमा थुरमानले गरेको भूमिकाका लागि दुइटा हिरोइनसँग कुरा गरिरहेको जानकारी गराएका छन् ।
तर, उनले यसका लागि कुन कुन हिरोइनसँग कुरा भइरहेको भन्ने चाहीँ खुलाएका छैनन् । पछिल्लो समय मिटुको आरोप खेपिरहेका अनुराग कश्यपले नोटबन्दीको विषयमा ‘चोक्ड’ नामको फिल्म बनाएका थिए । सायमी खेरको मुख्य भूमिका रहेको यो फिल्म नेटफ्लिक्समा रिलिज भएको थियो । कश्यपको हलमा रिलिज भएको पछिल्लो फिल्म ‘मनमर्जिया’ थियो ।

‘महाभोज’का दुई नयाँ पोस्टर रिलिज, मङ्गलवार टिजर आउने

जब मध्यरातसम्म नवाजको र्यापमा झुम्यो एलओडी...

रणवीरको ‘रामायण’ पहिलो भागको सकियो सुटिङ

आमिर खानको ‘सितारा जमीं पर’ मा छन् १० प्रमुख कलाकार

मोहनलालको फिल्म ओटिटीमा आउँदै

बबी देओलको फिल्मको रिलिज मिति १३ पटक परिवर्तन, तर अझै रिलिजको छाँटकाट छैन्

बबी देओलले किने २.९५ करोड भारूको नयाँ लग्जरी कार

प्रतिक्रिया