बस र टिपर ठोकिँदा पाँचको मृत्यु

बुटवल : बाँकेको कोहलपुर नगरपालिका- १२ रोहिणी खोला आर्मि ब्यारेक नजिकै बस र टिपर आपसमा ठोक्किँदा पाँच जनाको मृत्यु भएको छ । बसमा सवार सबै यात्रु घाइते भएका छन् ।
३९ जना यात्रुसहित सुर्खेतबाट काठमाडौंका लागि छुटेको मे १ ख ३३४७ नम्बरको बस पूर्वबाट पश्चिम आउँदै गरेको टिपरसँग शुक्रबार बेलुका ७ बजेतिर ठक्कर खाँदा ५ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेमध्ये ९ जनाको अवस्था गम्भीर रहेको छ । घाइते सबैको उद्धार गरी नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा पुर्याइएको बाँकेका डिएसपी सुवास खड्काले बताए ।
मृतकहरु सबै बसका यात्रु हुन् । सुर्खेत साटाखानी निवासी जीवनकुमार न्यौपानेको घटनास्थलमै मृत्यु भएको थियो भने अन्य चारको उपचारका क्रममा शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको हो ।

आज कतिमा हुँदैछ विदेशी मुद्रा कारोबार ?

काठमाडौँ उपत्यकाका १३ पानीपोखरीको अत्याधुनिक प्रणालीमार्फत व्यवस्था
दुनाटपरी गाँसेर जीविकोपार्जनको उपाय खोज्दै महिला

बबरमहलमा फुटेको खानेपानीको पाइप मर्मत थालियो

तीस किलोको खुकुरी, मूल्य एक लाख ११ हजार

बिहानैदेखि त्रिवेणीधाममा श्रद्धालुको घुइँचो

लहान नगरपालिकाका मेयर चौधरीविरुद्ध आन्दोलन चर्कियो

प्रतिक्रिया