आइतबार ०८ असार, २०८२
Sunday, June 22, 2025

युभेन्टसमा रोनाल्डोको उपादेयता नभएकै हो ?

काठमाडौँ : सबै खेलाडीहरूका आलोचक हुन्छन् । क्रिस्टियानो रोनाल्डोका पनि छन् । युभेन्टसमा उनी बारम्बार आलोचित भइरहेका छन् । अनि आलोचनाले पोर्चुगलका कप्तानलाई निराश पनि बनाइरहेको छ । 

यस सिजन युभेन्टस सिरी ए उपाधि होडमा बलियो रहन सकेको छैन । च्याम्पियन्स लिगबाट त बाहिरिसक्यो । जसका कारण रोनाल्डो थप निराश भएको बताइएको छ । फेरि रोनाल्डोका लागि आलोचना नयाँ कुरा पनि त होइन । वर्षौदेखि रोनाल्डोले अलोचना खेप्दै आएका छन् । सामाजिक सञ्जालदेखि मिडिया उनीप्रति रुखो भएको प्रशस्त उदाहरण छन् ।

‘मानिसहरू मेरो गल्ती पर्खिरहेका हुन्छन् । तर एउटा खेलाडीका लागि आलोचना असामान्य होइन,’ रोनाल्डोले इटालियन अखबार ला रिपब्लिकासँग मे, २०१९ मा भनेका थिए । पछिल्ला साताहरूमा रोनाल्डोको आलोचना बढेको छ । मुख्य कारण हो, च्याम्पियन्स लिगबाट युभेन्टसको बर्हिगमन । 

च्याम्पियन्स लिग र अन्य महत्वपूर्ण अवसरमा रोनाल्डोले निर्णायक भूमिका खेल्न नसकेको आरोप छ । यस्तो आरोपबाट रोनाल्डो बेखबर छैनन् । आफूलाई त्यस्तो आरोप लगाउनेप्रति रोनाल्डो संयमित देखिदैनन् । उदाहरणका लागि मार्च १४ मा काग्लियारीविरुद्ध ह्याट्रिक गरेपछि उनले गरेको ‘सेलब्रेसन’ । 

पोर्टोसँग पराजय भोगेको पाँच दिनपछि युभेन्टस काग्लियारीसँग खेल्दै थियो । रोनाल्डोले पेनाल्टी सहित तीन गोल गरे । गोल गरेपछि उनले मनाएको खुशीयाली आलोचकप्रति लक्षित थियो । रोनाल्डोको अनमुान थियो, त्यस्तो सेलब्रेसनले आलोचकको मुख बन्द गराउन सकिन्छ । तर अनुमान सही साबित भएन । बरु आलोचना फरक बिन्दुमा पुगेको छ । युभेन्टसले उनको सम्झौँता लम्ब्याउनु हुन्छ, हुँदैन भन्नेमा बहस सुरु भएको छ । 

सन् २०१८ को जुलाईका युभेन्टस आएका रोनाल्डोको युभेन्टससँगको सम्झौँता २०२२ को जुलाईमा सकिँदैछ । रोनाल्डोले युभेन्टसलाई च्याम्पियन्स लिग जिताउन सकेका छैनन् । यद्यपि क्लबलाई बलियो ब्रान्ड बन्‍न भने मद्दत गरेका छन् । उनलाई युभेन्टस ल्याउनुको एक कारण क्लबको विश्वव्यापि समर्थक संख्या बढाउनु पनि थियो । 

तर फेरि पनि महत्व मैदानमा प्राप्त सफलताकै रहन्छ । रोनाल्डो सम्मिलित युभेन्टस च्याम्पियन्स लिगको सेमिफाइनल पुग्न सकेको छैन । अनि यसपटक त सिरी ए जित्ने सम्भावना पनि छैन । यस्तो अवस्थामा रोनाल्डोलाई क्लबमा राख्‍ने, नराख्‍ने भन्‍ने विषयमा बहस कडा बन्दैछ । युभेन्टसमा रोनाल्डोको तलब ३१ मिलियन यूरो (प्रति वर्ष) छ । कोभिड-१९ का कारण युभेन्टसको आर्थिक अवस्था राम्रो छैन । यस्तो समयमा रोनाल्डोलाई त्यति ठूलो तलब दिएर युभेन्टसमा किन राख्‍ने ? धेरैको प्रश्न छ । 

एन्टोनियो कासानो सहित धेरैजनाको दाबी छ, युभेन्टसमा रोनाल्डोको उपदेयता छैन । उनीहरू रोनाल्डोले युभेन्टसमा फाइदा भन्दा बढी बेफाइदा गराएको ठान्छन् । अर्को आरोप पनि छ, रोनाल्डोका कारण आन्द्रेइ पिर्लोले युभेन्टसलाई आफ्नो रणनीति अनुसारको खेलाउन सकेका छैनन् ।

एन्टोनियो कासानोसहित धेरै जनाको दाबी छ, युभेन्टसमा रोनाल्डोको उपादेयता छैन । उनीहरू रोनाल्डोले युभेन्टसमा फाइदा भन्दा बढी बेफाइदा गराएको ठान्छन् । अर्को आरोप पनि छ, रोनाल्डोका कारण आन्द्रेइ पिर्लोले युभेन्टसलाई आफ्नो रणनीति अनुसारको खेलाउन सकेका छैनन् ।

युभेन्टसमा रोनाल्डोको ब्यक्तिगत रेकर्ड भने नराम्रो छैन । यस सिजन मात्रै पनि उनले २७ लिग खेलमा २५ गोल गरिसकेका छन् । सिजनको अन्त्यमा रोनाल्डो लिगको उच्च गोलकर्ता बन्न सक्छन् । रोनाल्डोको ब्यक्तिगत प्रदर्शन बलियो भए पनि युभेन्टसको स्थान भने खस्केको छ । कति सम्म भने, आउँदो आइतबार एटलान्टासँग हार्ने हो भने युभेन्टस लिगको पाँचौँ स्थानमा झर्नेछ । 

च्याम्पियन्स लिगमा छनौट हुन शीर्ष चारमा पर्नु अनिवार्य छ । तर जारी सिजन उर्ताद्धमा पुग्दै गर्दा युभेन्टस शीर्ष चारमै नपर्ने हो की भन्ने आशंका पैदा भइरहेको छ । युभेन्टस च्याम्पियन्स लिगका लागि छनौट नभए रोनाल्डाले इटाली छाड्ने दाबी गरिएको छ । यस्तो दाबी इटालियन सञ्चार माध्यबाट आइरहेको छ ।   

यसबीचमा रोनाल्डो विवादमा परिरहेका छन् । गत साता जेनोवासँगको खेलपछि रोनाल्डोले आफ्नो जर्सी भुईमा पछारे । गोल गर्न नसकेपछि रोनाल्डाले जर्सी फ्याकेको भन्ने आरोप लगाइयो । यद्यपि रोनाल्डोले जर्सी भुईमा फ्याकेको नभइ ‘बल बोय’ तर्फ फ्याकेको भनेर प्रष्टिकरण दिइयो । त्यसअघि अन्तराष्ट्रिय ब्रेक दौरान पनि उनी प्रेसको हेडलाइन बने । 

गएको सोमबार रोनाल्डोबारे फेरि लेखियो । यसपटक इटालीकै लोकप्रिय अखबार गाज्जेटा डेलो स्पोर्टले लेख्यो, ‘जेनोवासँगको खेलपछि रोनाल्डोले डे«सिङ रुमको भित्तामा हिर्काए’ । युभेन्टसले प्रकाशित दाबीको खण्डन गर्‍यो । एक दिनपछि ला रिपब्लिकामा रोनाल्डोबारे अर्को भनाइ प्रकाशित भयो । ‘पूर्व प्रशिक्षक मासिमिलानो एलेग्रीले युभेन्टस अध्यक्ष आन्द्रेइ आग्नेलीलाई रोनाल्डो क्लबका अन्य खेलाडीको विकासका लागि बाधक हुन् भनेर बुझाउने कोशिस गरेका थिए’ ला रिपब्लिकाको दाबी थियो । 

रोनाल्डो सिरी ए को सर्वोत्कृष्ट खेलाडी नरहेको पनि भनिँदैछ । बरु इन्टर मिलानका रोमेलु लुकाकु सिरी ए को सर्वोत्कृष्ट खेलाडी भएको लुका टोनीको भनाइ छ । इटालीलाई विश्वकप जित्न मद्धत गरेका टोनीको भनाइप्रति धेरैले समर्थन जनाएका छन् । युभेन्टसकै पूर्व खेलाडी मासिमो माउरो त अझ एक कदम अगाडि छन् । ‘रोनाल्डो टिमका लागि सोच्दैनन् । उनको ध्यान आफ्नो गोलसंख्या बढाउनेतर्फ मात्रै हुन्छ । उनी लिडर होइनन् । उनीबिना युभेन्टसले राम्रो गर्नसक्छ,’ माउरोले गाज्जेटासँग भनेका छन् ।

रोनाल्डोको आलोचना हुनहुँदैन भन्ने होइन । उनले धेरै पटक आफ्नो आलोचना हुनु स्वभाविक रहेको प्रतिक्रिया दिएका छन् । अनि कतिपय अवस्थामा आलोचनाले आफूलाई निराश बनाउने पनि उनको स्विकारोक्ति छ । हाल उनी निराश नै भएको हुनुपर्छ ।

रोनाल्डोसँग पुनः एकपटक ओलोचकलाई जवाफ दिने मौका छ । किनभने आइतबार युभेन्टसले बेरगामोमा घरेलु टिम एटलान्टाको सामना गर्दैछ । त्यस खेलमा गोल गर्दै रोनाल्डोले आलोचकको मुख बन्द गर्ने प्रयास गर्नेछन् । यद्यपि उनको उपादेयतामाथि प्रश्न उठ्न भने बन्द हुनेछैन । (गोल डटकमबाट)