रामचन्द्र पौडेलका लागि तनहुँ क्षेत्र नं. १ छाड्दै कृष्णकुमार श्रेष्ठ

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का नेता कृष्णकुमार श्रेष्ठले तनहुँ क्षेत्र नं. १ नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलका लागि छोडिदिने बताएका छन् ।
२०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा तनहुँ क्षेत्र नं.१ बाट निर्वाचित सांसदसमेत रहेका नेता श्रेष्ठले आगामी मंसिर ४ गते हुने निर्वाचनमा सो क्षेत्र नेपाली काँग्रेसका वरिष्ठ नेता पौडेललाई छोडिदिने बताएका हुन् । सोमबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी) को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उनले गठबन्धनमा भागबन्डा मिलाउनुपर्ने कारणले गर्दा सो क्षेत्र आफूले छोड्न परेको बताए ।
उनले आफू बारा क्षेत्र नम्बर ४ बाट उम्मेदवार बन्ने पनि बताए । नेता श्रेष्ठले तनहुँ क्षेत्र नम्बर १ का जनताले आफूलाई नै खोजेको भएपनि आफ्नो कारणले गठबन्धन नभत्कियोस् भन्नाका लागि क्षेत्र छोड्न तयार भएको स्पष्ट पारे ।
नेता श्रेष्ठले देशको जुनसुकै निर्वाचन क्षेत्रमा पार्टीले टिकट दिएपनि निर्वाचन जित्ने आँट र साहस लिएर अगाडी बढेको बताए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया