खाेलामा डुबेर एक जनाकाे मृत्यु

मकवानपुर- बकैयाकाे ल्वाजाेर खाेलामा डुबेर एक जनाकाे मृत्यु भएकाे छ ।
सोमबार दिउँसो बकैया-४ बाममारामा रहेको ल्वाजोर खोलामा नुहाउन गएका तामाखोला बस्ने बिष्णुबहादुर खत्रीको भान्जा भरतपुर-१६ फुर्तिचोक बस्ने कृष्णबहादुर थापाको छोरा १६ वर्षीय सचिन थापाकाे खोलाको डुबेर ज्यान गएको मकवानपुर प्रहरीले जनाएको छ।
आज सोमबार दिउँसो १२ बजेर ४५ मिनेटको समयमा थापा ल्वाजोर खोलामा डुबी घाइते भएका थिए । घाइते सचिनकाे प्रहरी चौकी हात्तिसुँडेकाे प्रहरी टोलीले उपचारका लागि प्राथमिक स्वास्थ्य चौकी छतिवन लगेकाे थियो । छतिवनमा उपचार पश्चात् थप उपचारका लागि चुरेहिल अस्पताल ल्याएकामा डाक्टरले दिउँसाे ३ बजेर १० मिनेटमा मृत घोषणा गरेको मकवानपुर प्रहरी प्रवक्ता टेकबहादुर कार्कीले जानकारी दिए ।
थापाको शव अहिले चुरेहिल अस्पतालमै रहेको जनाइएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया