‘२ नम्बरी’को शीर्ष गीत तयार पारेर भूषणले जिते ५० हजार

काठमाडौँ - रेड बर्ड प्रोडक्सनको प्रस्तुतिमा तयार भएको फिल्म ‘२ नम्बरी’ असोजको २१ गतेबाट रिलिज हुँदैछ । यो फिल्मको शीर्ष गीतका लागि यसको निर्माणपक्षले केही साता अगाडि प्रतियोगिता नै राखेको थियो ।
शीर्ष गीतका लागि ६१ वटा गीत प्राप्त भएको निर्माणपक्षले जनाएको छ । जसमध्ये, भूषण खतिवडाको गीतलाई निर्माण पक्षले उत्कृष्ट मानेको हो । भूषणको यो गीत फिल्ममा प्रयोग हुनेछ । साथमा उनले ५० हजार नगद पुरस्कार समेत जितेका छन् । अब, फिल्मको शीर्ष गीतमा उनकै शब्द, संगीत र स्वर रहने प्रस्तुतकर्ता किरण नेपालीले जानकारी दिए ।
दीपक मनाङ्गे, अमलादेवी राई र जयश श्रेष्ठको लगानी रहेको फिल्मका कार्यकारी निर्माता सरोज नेपाली हुन् । फिल्ममा दीपेन्द्र लामाको कथा तथा निर्देशन छ ।
यो फिल्ममा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह ठकुरी, वुद्दि तामाङ, उगेन छोदेन लगायतका कलाकारको मुख्य भूमिका छ ।
फिल्मको टिजर र एउटा गीत सार्वजनिक भैसकेको छ । दर्शकले, यो फिल्मको टिजरलाई निक्कै मन पराएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया