शुक्रबार २० असार, २०८२
Friday, July 04, 2025

नेपाल वाल प्लास्टले ल्यायो 'दसैं सौगात' योजना

काठमाडौँ- ड्राइ मिक्स मोर्टार उत्पादक नेपाल वाल प्लास्टले नेपालीहरूको महान चाड बडा दसैंलाई लक्षित गरेर “दसैं सौगात” नामक योजना बजारमा ल्याएको छ । 
'निर्माण गुणस्तरमा, मोबाइल पकेटमा' नाराका साथ यो योजना असोज ३ गते देखि कार्तिक १३ गतेसम्मको लागि सञ्‍चालन हुने कम्पनीले जनाएको छ ।

यस योजना अन्तर्गत, प्रत्येक ५२५ बोराको खरिदमा पक्का उपहार स्वरुप रियलमीको सी ३० मोवाइल प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ । यस योजनामा विशेषगरी कम्पनीका नयाँ तथा पुराना ग्राहकहरू प्रत्यक्ष लाभान्वित हुने अपेक्षा गरिएको छ । नेपाल वाल प्लास्टका वालप्लास्ट, ब्रिक फिक्सो, ब्लक फिक्स, टाइल फिक्स प्लोर तथा टाइल फिक्स वाल गरी पाँच वटै उत्पादनमा यो योजना लागू हुने छ ।

घर बनाउँदा सिमेन्टको गुणस्तरमा निकै सजग हुने गरेको हामी बालुवाको गुणस्तरमा भने वेवास्ता हुने गरेका छौं । घर निर्माणमा बालुवाको गुणस्तर पनि उत्तिकै सजग हुनुपर्ने शिक्षालाई अझ विस्तृत रुपमा फैलाउन यो योजनाले महत्वपूर्ण भुमिका खेल्ने कम्पनीको अनुमान रहेको छ । 

व्यस्त जीवनशैलीमा समयको बचत नै अमूल्य धन भएको कुरा पनि नर्कान नसकिने हुँदा, सबैभन्दा बढी समय लाग्ने निर्माणमा पनि कसरी समयको बचत गर्न सकिन्छ भन्ने कुराको खोजी गर्दै त्यस्ता उत्पादनहरूलाई प्रोत्साहन गर्न कम्पनीको योजना रहेको जानकारी नेपाल वाल प्लास्टका संस्थापक प्रबन्ध निर्देशक नरेश प्रसाद साहले दिए ।

विश्व निर्माण जगतमा ड्राइ मिक्स मोर्टार प्रचलित नाम हो । विश्वका कयौं विकसित देशहरूमा यस प्रकारको निर्माण सामाग्रीको प्रचुरमात्रमा प्रयोग हुने गरेको छ । नेपालमा ड्राइ मिक्स मोर्टार नयाँ र नौलो उत्पादन हो ।

यसको निर्माण क्षेत्रमा अवसर हेर्दै ग्राहकसामु आफ्नो उत्पादन पुर्‍याउन तथा निर्माण क्षेत्रको व्यापक विश्लेषण गर्दै यसलाई प्रभावकारी बनाइ दीर्घकालीन रूपमा आफ्नो व्यावसायिक प्रतिष्ठा जोगाउन लागि पर्ने पनि कम्पनीले दावी गरेको छ । यसै दावीलाई सहयोग पुग्ने आशाका साथ सो डिलर योजनाको सुरुवात गरिएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीले आफ्ना उत्पादनको गुणस्तर र विशेषताबारे स्पष्ट पार्दै पानी राख्नासाथ प्रयोग गर्न मिल्ने, जसले गर्दा समयको बचत तथा मितव्ययी हुने, उत्पादकत्वमा वृद्धि हुन गई कम लागतमा काम सम्पन्न हुने हुँदा उत्पादनको बजार मूल्य सस्तो हुने जनाउँदै, मेसिन मिक्स भएका कारण एकनासको गुणस्तर रहिरहने कम्पनीको दावी रहेको छ ।

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

एनसेलले अब ९७१ रेन्जको मोबाइल नम्बरहरू उपलब्ध गराउने

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

बोटले ‘निर्भाना’ सिरिजको साथ नेपालमा प्रिमियम अडियो अनुभव ल्याउँदै

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालले सुरु गर्‍यो 'इफेक्सनेट इन्टेलिजेन्स' नयाँ युगको सुरुवात

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपालमा

एलजी नेपालद्वारा ‘एफेक्सनेट इन्टेलिजेन्स’को प्रदर्शनी, भविष्यको सुरुवात अब नेपा…

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी ‘सिप मेला २०८२’ मा संस्थागत साझेदार

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

इनड्राइभको 'प्लेटिनम ड्राइभर्स गिभअवे' क्याम्पेन चालकहरुलाई सुनौलो अवसर

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

एससीटी-यूपीआई कार्ड ग्राहकहरूलाई मौलाकाली केवलकारमा १० प्रतिशत छुट

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धीकरण सम्बन्धी अभिमुखीकरण कार्यक्रम