चलचित्र निर्देशक श्रेष्ठलाई सुप्रवल जनसेवा श्री पदक

काठमाडौँ- चलचित्र निर्देशक प्रदीपलाल श्रेष्ठलाई सुप्रवल जनसेवाश्रीबाट विभूषित गरिने भएको छ । सरकारले सोमबार संविधान दिवसका अवसरमा गरेको घोषणाअनुसार फिल्म क्षेत्रमा दिएको योगदानका लागि उनलाई विभुषित गरिन लागेको हो ।
व्यास नगरपालिका वडा नं ११ स्थित धरमपानीका स्थायी बासिन्दा चलचित्र निर्देशक श्रेष्ठले दर्जन बढी सिनेमाको निर्देशन गरेका छन् । 'जीवनरेखा'बाट निर्देशन सुरु गरेको श्रेष्ठले दुई दशक लामो निर्देशन यात्रामा 'अजम्बरी नाता' , 'दुई पल', 'डर' , 'भगवान सबैको', 'सपना' लगायतका एक दर्जन भन्दा चलचित्रको निर्देशन गरेका छन् । निर्देशक श्रेष्ठले ऐतिहासिक टेलिश्रृङखला पृथ्वीनारायण शाहको समेत निर्देशन गरेका थिए।
श्रेष्ठले बलिउड चलचित्र 'बेकाबू' र 'लभ इन नेपाल'मा पनि मुख्य सहायक निर्देशककाे जिम्मेवारी सम्हालेका थिए ।
श्रेष्ठले सेभ वागतमी वृतचित्रको निर्देशन गर्नुको साथै झण्डै दुई दर्जन नेपाली चलचित्रको सह—निर्देशन समेत गरेका छन् । सुप्रवल जनसेवाश्री पदकबाट विभूषित श्रेष्ठले सरकारको सम्मानले आफूलाई थप जिम्मेवार बनाएको प्रतिक्रिया दिएका छन् ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया