‘महापुरुष’को ‘बेमौसमी’ सार्वजनिक

काठमाडौँ - चलचित्र ‘महापुरुष’को ‘बेमौसमी’ बोलको गीत सार्वजनिक भएको छ । एसडी योगीको संगीत र स्वर रहेको गीतमा हरिवंश आचार्य, गौरी मल्ल, अरुण क्षेत्री र अन्जना बराइली फिचर्ड छन् ।
प्रेमिल भावना अभिव्यक्त गीतमा एसडी योगीले ‘कबड्डी ४’कै ‘केशरी’गीतको फ्लेवर समातेका छन् । दुवै गीतमा प्रशस्त समानता भेटिन्छिन् । विवेक रसाइलीले निर्देशन गरेको गीतलाई पुरुषोत्तम प्रधानले खिचेका हुन् ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा बनेको फिल्ममा महजोडीसँगै गौरी मल्ल , अरुण क्षेत्री, अन्जना बराइली,रविन्द्र सिंह बानियाँ, राजाराम पौडेल, शिखा तामाङ, कोपिला थापा, शिरु विष्ट, कविता श्रेष्ठ, नरेन्द्र कंसाकार, सविन बास्तोला, नरेश पौड्याल, प्रेम पाण्डे,लगायतको अभिनय छ ।ुमहापुरूष’मा समाजले मान्छेलाई महापुरूष बनाउने स्थितिलाई व्यंग्य गरिएको निर्माण टिमको दाबी रहेको छ । फिल्म कार्तिक ११ गते रिलिज हुँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया