कोभिड-१९ को संक्रमणबाट एकै परिवारका तीन जनाको मृत्यु

तनहुँः जिल्लाको भीमाद नगरपालिकाका कोभिड-१९ को संक्रमणबा६ एकै परिवारका तीन जनाको मृत्यु भएको छ । भीमाद नगरपालिका-६ का ९८, ७५ र ७२ वर्षीय पुरुषको संक्रमणबाट मृत्यु भएको हो ।
मृत्यु भएका बाबु र दुई छोरा हुन् । ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ ।
९८ वर्षीय बाबु बिरामी परेपछि चितवनस्थित एक अस्पतालमा भर्ना गरिएकोमा सुधार नभएपछि काठमाडौं लगिएको थियो । उपचारका क्रममा उनलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो । बाबुको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना देखिएको थियो ।
तीन जनाको मृत्यु भएसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ । यस अगाडि ब्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।

संसारकोट दरबारको पुनःनिर्माण गरिँदै
_KVBV1sF2Md_o2gfe6lplzd30zqacwzhm4w4q0enajmx7mx0wbzcjcpqijxd7o2wxdtdslss_WiXyR2Mwwr_0flgiwisnu0naktc9emvz6gthwpr9byejd8kpdpykhfk0i1uweonaripgcio.jpg)
संस्कृति संरक्षण गर्न पञ्चेबाजा तालिम

पर्वतका कृषकलाई दुई लाख माछाका भुरा वितरण

मुस्ताङको तीन पालिकामा हिउँ चितुवा सर्वेक्षण

७ सय फरार प्रतिवादी पक्राउको सूचीमा

तनहुँमा सम्झौता म्याद अगावै कालोपत्र सकियो

खोल्साको टिम्मुरबाट आम्दानी

प्रतिक्रिया