शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

थप ८१ जनामा कोभिड संक्रमण

काठमाडौँ- नेपालमा थप ८१ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ९७ पिसिआर परीक्षणका क्रममा ३९ जना र २ हजार ३ सय ५० एन्टिजेन परीक्षणका क्रममा ४२ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण बुधबार पनि कसैको मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप १ सय ७५ संक्रमित निको भएका छन् । हाल नेपालमा १ हजार ४ सय ८३ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।