साफ च्याम्पियन्सिप कहिले ?

काठमाडौँ : साफ कप (साफ च्याम्पियन्सिप) दक्षिण एसियाको सबैभन्दा महत्वपूर्ण फुटबल प्रतियोगिता हो । तर यो प्रतियोगिता सन् २०१८ यता आयोजना भएको छैन । १२ औँ संस्करणको साफ कप सन् २०१८ को सेप्टेम्बर ४-१५ मा बंगलादेशको ढाकामा भएको थियो ।
१३ औँ संस्करणको साफ कप पाकिस्तानमा हुने तालिका थियो । विश्व फुटबल नियामक निकाय फिफाले प्रतिबन्ध फुकुवा गरेपछि पाकिस्तानले सन् २०२० मा साफ कप आयोजना गर्ने भएको थियो । तर सन् २०१९, सेप्टेम्बरमा मा दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले साफ कप बंगलादेशमा सार्ने निर्णय गर्यो ।
लगातार दोस्रो पटक साफ कप आयोजना गर्ने अधिकार पाएको बंगलादेशले सन् २०२० को सेप्टेम्बरमा प्रतियोगिता सञ्चालन गर्ने निर्णय गर्यो । तर कोभिड-१९ का कारण साफ कप फेरि सर्यो । सन् २०२१, सेप्टेम्बर १४–२५ लाई साफ कपको नयाँ मिति बनाइयो ।
सन् २०२१ मा साफ कप बाहेक अन्य प्रतियोगिता पनि हुँदैछन् । साफ कप कसले आयोजना गर्ने भन्ने टुङ्गो लागे पनि अन्य प्रतियोगिता आयोजकको भने निर्क्यौल भइसकेको छैन ।
साफ क्यालेन्डर अनुसार सन् २०२१ को पहिलो प्रतियोगिता साफ अण्डर १९ वुमन्स च्याम्पियन्सिप हो । यो प्रतियोगिता जुलाई १३ देखि २२ सम्म हुने तालिका छ । त्यस्तै, साफ अण्डर १६ वुमन्स च्याम्पियन्स अगस्ट १८ देखि २७ सम्म हुने तालिका छ ।
साफ अण्डर १५ र अण्डर १८ च्याम्पियन्सिप भने अक्टोबर महिनामा हुने बताइएको छ । उल्लेखित कुनै पनि प्रतियोतिाहरुको आयोजक तोकिएको छैन । अन्तराष्ट्रिय फुटबल वेभसाइट गोल डटकमका अनुसार उमेर समूह र महिला प्रतियोगिताहरुको मिति परिवर्तन हुने सम्भावना छ ।
दक्षिण एसियाका भारत, बंगलादेशलगायतका मुलुकमा कोभिड-१९ संक्रमण बढिरहेकाले पनि साफले आयोजना गर्ने प्रतियोगिताहरूको मिति परिवर्तन हुनसक्ने अवस्था आएको हो ।

मीनाको ह्याट्रिकमा श्रीलङ्काविरुद्ध नेपालको शानदार जित

चीन सरकारद्वारा राखेपलाई विभिन्न सामग्री सहयोग

डेभिस कप छनोट पारदर्शी छ : नेपाल टेनिस संघ

राजेन्द्र केसी स्मृति हिमालयन ब्लिट्ज चेस शनिबार

सन्दीप लामिछानेको सम्मानमा रङ्गशाला बन्दै

अन्ततः शुभम गिलले तोडे विराट कोहलीको कीर्तिमान

इटाली पहिलो पटक टि-२० विश्वकपका लागि छनोट

प्रतिक्रिया