फिल्म प्रचारका लागि नेपाल आइन् भुटानी नायिका

काठमाडौँ- असोजको २१ गतेबाट प्रतिक्षित फिल्म ‘२ नम्बरी’ रिलिज हुँदैछ । दीपेन्द्र लामाको लेखन तथा निर्देशनमा तयार भएको फिल्मको ट्रेलर केही दिनमा सार्वजनिक गर्ने तयारी निर्माणपक्षको छ ।
यो फिल्मलाई लिएर प्रस्तुतकर्ता किरण नेपाली उत्साहित छन् । यसैविच, यो फिल्मको प्रमोशनका लागि भुटानी नायिका उगेन छोदेन नेपाल आएकी छिन् । फिल्मको छायांकन सकेर भुटान फर्किएकी उगेन आज बिहान नेपाल आइपुगेकी हुन् । फिल्मका कलाकार सबै अन्य प्रोजेक्टमा व्यस्त हुँदा यसको निर्माणपक्षले ट्रेलर सार्वजनिक गर्न सकेको थिएन ।
तर, अब नायिका उगेन पनि भुटानबाट नेपाल आएपछि केही दिनमै ट्रेलर सार्वजनिक गर्ने निर्माणपक्षले बताएको छ । यो फिल्ममा उगेनको जोडीको रुपमा नायक दयाहाङ राइले काम गरेका छन् । यस्तै, नायिका उपासना सिंहको जोडीको रुपमा नायक सौगात मल्ललाई देख्न सकिन्छ । ‘२ नम्बरी’को टिजर हिट भैसकेको छ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया