'उहिले एमालेले अघि बढाएको नागरिकतासम्बन्धी कानुनलाई अहिले गठबन्धनमा रहेका दलहरूले रोके'

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली नागरिकलाई मात्रै नागरिकता दिने काम हुनुपर्ने भन्दै विदेशीहरूलाई नागरिकता दिने काम सरकारले गर्न नसक्ने धारणा राखेका छन् ।
बिहीबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा प्रहरीका पूर्वआइजीपी सर्वेन्द्र खनाललाई एमाले प्रवेश गराउँदै ओलीले यस्ताे धारणा राखेका हुन् । उनले संविधानअनुसार कुनै पनि नेपाली नागरिकलाई नागरिकताविहीन बनाउन नमिल्ने बताए । उहिले एमालेले अघि बढाएको नागरिकतासम्बन्धी कानुनलाई अहिले गठबन्धनमा रहेका दलहरूले रोकेकाे स्मरण गरे । त्यस्तै ओलीले गठबन्धनलाई पराजित गराएर छाड्ने र गठबन्धनका अपराधहरूका विरुद्ध लडिरहेको एमालेलाई विजयी गराउने दाबी गरे ।
त्यस्तै एमाले प्रवेश गर्दै खनालले पछिल्ला सात जना प्रधानमन्त्रीमा केपी ओली जस्तो राजनेता कोही नभेट्टाएको बताए । एमालेले राष्ट्रका लागि गरेको कामलाई देखेर आफू पनि एमाले प्रवेश गरेको उनको भनाइ छ ।
कार्यक्रममा खनाललगायत काठमाडौँ क्षेत्र नम्बर ६ मा स्वतन्त्र चुनाव लड्ने तयारी गरेका अब्दुस मिया लगायतका नेता तथा कार्यकर्ताहरू एमालेमा प्रवेश गरेका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया