कोभिडविरुद्धको खोप आपूर्तिमा नेपालको असन्तुष्टि

काठमाडौँ : नेपालले संयुक्त राष्ट्रसंघमा कोभिड-१९ भाइरसविरुद्धको खोपको आपूर्तिमा असन्तुष्टि जनाउँदै समान र निष्पक्ष हुनुपर्नेमा जोड दिएको छ । राष्ट्रसंघीय नियोग न्यूयोर्कका लागि नेपालका स्थायी प्रतिनिधि अमृत राईले आर्थिक तथा सामाजिक मञ्चको भर्चुअल सत्रमा त्यस्तो असन्तुष्टि राख्दै भाइरसविरुद्धको खोप समान र निश्पक्ष आपूर्ति हुनुपर्ने माग गरेका हुन् ।
आर्थिक तथा सामाजिक मञ्चले सबैका लागि खोप नामक सत्रमा छलफल आयोजना गराएको थियो । त्यसमा नेपालबाट राईले प्रतिनिधित्व गरेका थिए । उनले त्यहाँ निष्पक्ष, समान पहुँच सुलभ खोप अहिलेको आवश्यकता हो भन्दै अन्तराष्ट्रिय सहमति आवश्यक रहेको बताए । कतिपय मुलुकले आफ्नो मुलुकको खोपलाई मात्र मान्यता दिने अन्यलाई नदिने जस्ता असमान व्यवहार प्रति पनि अधिकांशले आफ्नो धारणा राखेका थिए ।
खोपको नाममा हुने भ्याक्सिन राष्ट्रवादको अन्त्य गर्न समेत राईले जोड दिएका छन् । पछिल्लो समय खोप राजनीतिक विषय बनेको भन्दै त्यस प्रकारको राष्ट्रवाद र शक्ति प्रयोग आफैँमा डरलाग्दो विषय भन्दै त्यसतर्फ सबै सचेत हुनपर्नेमा उनको जोड छ । आफूलाई पहिले हुनुपर्ने समेत धारणा राखेका छन् । साथै उनले असमान खोप आपूर्ति पनि रोकिनुपर्ने बताएका छन् ।
नेपालले छिटो समयमा खोप ल्याएको भए पनि यसको निरन्तरतामा कमी आएको अवस्थामा राष्ट्रसंघमा नेपालले यस्तो धारणा राखेको हो । कतिपय मुलुकले खोप नै तोकेर त्यो खोप लाए मात्र आउन पाउने जस्ता नियम लाद्दै विपत्तिमा पनि व्यपार गरिरहेको अवस्थामा यो प्रकारको धारणा नेपालले राखेको हो ।
Speaking at the ECOSOC Special Meeting on ‘A Vaccine for All’, Amb @amritrai555 emphasizes the need to end vaccine nationalism, undue export controls and rigid IPR regime to ensure fair, accessible and affordable distribution of #COVID19vaccines.@MofaNepal pic.twitter.com/zMJPWxHjlb
— Nepal Mission to the UN (@NepalUNNY) April 16, 2021

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया