‘प्रेमगीत ३’ हिन्दी भर्जन हलमा अझै अनिश्चित , कर चुक्ताको प्रमाणपत्र नभएको भन्दै बोर्डले दिन मानेन सेन्सर सिफारिस

काठमाडौँ - सञ्चार मन्त्रालयले ‘प्रेमगीत ३’को हिन्दी डब भर्जनलाई पनि नेपाली फिल्म नै मानेर व्यवहार गर्न निर्देशन दिए पनि चलचित्र विकास बोर्डले भने कर चुक्ताको प्रमाणपत्र नभएको भन्दै सिफारिस रोकेको छ । फिल्मका वितरक मनोज राठीले विकास बोर्डले कर नतिरेको भन्दै सिफारिस रोकेको पुष्टि गर्दै फिल्मको बिहीबार सेन्सर हुने सम्भावना नरहेको र शुक्रबार हिन्दी भर्जन रिलिज नहुने इकागजलाई जानकारी दिएका छन् ।
राठीले कर चुक्ताका लागि समय थप्न सकिने प्रावधान हुँदाहुँदै पनि बोर्ड र अध्यक्ष भुवन केसीले जानाजान असहयोग गरेको आरोप लगाए । ‘फिल्मको निर्माण कम्पनीले कर चुक्ता गर्न बाँकी छ तर त्यसका लागि समयसीमा थप्न सकिने प्रावधान छ । तर बोर्डले कर चुक्ता नगरी सिफारिस दिन्न भनेपछि आज फिल्मको सेन्सर हुनसक्ने अवस्था छैन । अब भोलि भयो भने भोलिदेखि मात्र हिन्दी भर्जन हलमा रिलिज हुन्छ,’ मनोज राठीले इकागजसँगको कुराकानीमा बताए ।
‘प्रेमगीत ३’को नेपाली भर्जनको भने केही दिनअघि नै सेन्सर भइसकेको छ । यसको हिन्दी डब भर्जनलाई नेपाली मान्ने कि विदेशी भन्ने कुरामा बोर्ड र निर्माण पक्षबीच विवाद चलिरहेको थियो । तर सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार यसमा हस्तक्षेप गर्दै बोर्डलाई नेपाली कलाकार र प्राविधिकको संलग्नता रहेको र नेपाली निर्माण कम्पनीले निर्माण गरेकाले यसलाई नेपाली फिल्म सरह नै व्यवहार गर्न निर्देशन दिएको थियो ।
‘प्रेमगीत ३’को नेपाली भर्जन शुक्रबारदेखि सार्वजनिक प्रदर्शन हुँदैछ र फिल्मले आक्रामक सुरुवात गर्ने संकेत गरेको छ । हिन्दी भर्जनलाई थाँती राख्दै खुलेका सो एक दिन अगावै हाउसफुल भएका छन् । वितरक मनोज राठीले फिल्मले ठ्याक्कै कतिको ओपनिङ गर्छ भन्ने कुरा हिन्दी भर्जनको समेत बुकिङ खुलेबाट मात्र बताउन सकिने बताउँदै फिल्मले देशमै पनि ऐतिहासिक व्यापार गर्ने संकेत देखाएको बताएका छन् । यो विषयमा बुझ्न चलचित्र विकास बोर्डसँग सम्पर्क गर्न खोज्दा कसैको पनि फोन उठेन ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया