‘प्रेमगीत ३’ को हिन्दी भर्जन घटस्थापना दिनदेखि रिलिज हुने

काठमाडौँ - प्रशासनिक झमेलामा फसेको फिल्म ‘प्रेमगीत ३’को हिन्दी डब भर्जन अब घटस्थापनाको दिनदेखि मात्र रिलिज हुनेछ । निर्माता सन्तोष सेनले सामाजिक सञ्जालमा महत्वपूर्ण सूचना भन्दै जारी गरेको सूचनामा फिल्मको हिन्दी भर्जन प्राविधिक कारण एक दुई ढिला हुने जानकारी गराएका छन् । उनले यसो गर्नुको वास्तविक कारण पछि जानकारी दिने भन्दै अब फिल्मको हिन्दी डब घटस्थापनाको दिनदेखि मात्र रिलिज गर्ने जनाएका छन् ।
सन्तोष सेनले वास्तविक कारण पछि बताउने उल्लेख गरे पनि इकागजलाई फिल्मको वितरकले दिएको जानकारी अनुसार फिल्म निर्माण कम्पनीले कर चुक्ता गरेको प्रमाणपत्र पेश गर्न नसकेका कारण फिल्मको सेन्सर सिफारिस रोकिएको हो । वितरकका अनुसार निर्माण कम्पनी आशुसेनल फिल्मस्ले केही वर्षदेखि कर चुक्ता गर्न बाँकी रहेको थियो ।
नेपाली भर्जन सेन्सरको बेला यो कर चुक्ताको प्रमाणपत्र पछि बुझाउने शर्तमा सेन्सर सिफारिस लिए पनि हिन्दी भर्जनका लागि सोही सुविधा चलचित्र विकास बोर्डले दिन नमानेपछि बिहीबार सेन्सर हुन नसकेको हो । शुक्रबार पनि प्रशासनिक काम गर्न समय लाग्ने भएकाले निर्माताले घटस्थापनादेखि मात्र फिल्मको हिन्दी भर्जन रिलिज गर्ने बताएका हुन् । फिल्मको नेपाली भर्जन भने शुक्रबार रिलिज हुँदैछ ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया