मकवानपुर र धादिङमा भएका दुर्घटनामा ८ जनाको मृत्यु

मकवानपुर- मकवानपुरको भिमफेदी गाउँपालिका ६ जुरीखेत र धादिङको बेशीमा भएको दुर्घटनाबाट ८ जनाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
मकवानपुरको भिमफेदी–कुलेखानि–काठमाडौँ सडक खण्डको भिमफेदी ६ जुरिखेतमा कुलेखानीबाट भिमफेदीतर्फ आउँदै गरेको ना ३ख ७८५८ नम्बर को मिनीबस अनियन्त्रित भई सडकबाट अन्दाजी ५० मिटर तल सडकमा खसेको थियो । दुर्घटनामा परी मृत्यु हुनेको सङ्ख्या ७ पुगेको छ ।
हेटौडाबाट काठमाडौँ जाँदै गरेको मधेश प्रदेश ०३००१ ज ०२७१ नंम्बरको सुमोमा ठोकिँदा सुमोमा सवार समेत घाइते भएको र बसमा सवार ३० जना मध्ये ६ जनाको घटनास्थलमा नै र एक जनाको उपचारका लागि लैजाँदै गर्दा बाटोमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यता धादिङ जिल्लामा भएको दुर्घटनामा परी एक स्कुले बालकको मृत्यु भएको छ । धादिङ बेशिबाट काठमाडौँ जाँदै गरेको ग १ ख ४५६५ नम्बरको बसले सोही स्थानको आदर्श चोकमा स्कुल जाँदै गरेका दिलबहादुर नेपालीका ६ वर्षीय छोरा विजय परियारलाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनाको विषयलाई लिएर स्थानीयवासीहरू आक्रोशित भई बाटो दुईतर्फी बन्द गर्नुका साथै बसमा आगजनी गरेको प्रहरीले जनाएको छ । आगो निभाउने क्रममा सशस्त्र प्रहरी राजमार्ग सुरक्षा आदमघाटबाट खटिएको टोलीले ग्याँस गनबाट १ सेल फायर गरेको जनाएको छ ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया