सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

भीमफेदी दुर्घटना : मृतक दुईको सनाखत

मकवानपुर- जिल्लाको भीमफेदी गाउँपालिका–६ जुरिखेतस्थित सडकखण्डमा आज दिउँसो सवारी दुर्घटना हुँदा सात जनाको मृत्यु भएको छ ।

मृतकमध्ये दुईको सनाखत भएको र बाँकी पाँच जनाको सनाखत हुन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक एवं प्रवक्ता रामचन्द्र घिमिरेले जानकारी दिए ।

हालसम्म बारा जिल्ला निवासी अन्दाजी वर्ष ३३ की अञ्जुला मिया ठकुराई र नुवाकोट जिल्ला स्थायी घर भई हाल रौतहटको गौरमा कार्यरत सुरक्षाकर्मी अन्दाजी वर्ष ३४ का रघुराज न्यौपानेको मात्रै सनाखत भएको प्रवक्ता घिमिरेले बताए । आज दिउँसो काठमाडौँबाट वीरगञ्जका लागि छुटेको बा ३ ख ७८५८ नम्बर यात्रुबाहक बस भीमफेदी–कुलेखानी सडकखण्डको जुरिखेतस्थित ११ घुम्तीको ओरालोमा दुर्घटना भएको थियो ।

दुर्घटनामा परी घाइते भएका २५ जनाको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । बसमा ३२ जना सवार थिए । 

 

मकवानपुर र धादिङमा भएका दुर्घटनामा ८ जनाको मृत्यु

मकवानपुरकाे भीमफेदीमा बस दुर्घटना हुँदा ६ जनाको मृत्यु