नागरिकता विधेयक प्रमाणीकरणको विषयलाई साम्प्रदायिक दंगा गराउने प्रपञ्च हुँदैछ : त्रिपाठी

काठमाडौँ – पूर्वमन्त्री तथा जनता प्रगतिशील पार्टी नेपाल अध्यक्ष हृदयेश त्रिपाठीले नागरिकता विधेयक प्रमाणीकरणका विषयलाई साम्प्रदायिक दंगा गराउने प्रपञ्च हुँदै गरेको बताउँदै त्यसप्रति सचेत रहन आग्रह गरेका छन् ।
‘राष्ट्रपतिबाट नागरिकता प्रमाणीकरण नभएको विषयको पक्ष–विपक्षका केही जिम्मेवार राजनीतिक दलहरू विशेष गरी पहाडी–मधेसीबीच साम्प्रदायिक झडप गराउन उद्यत् रहेका देखिन्छन्’ उनले भनेका छन्, ‘यसरी दंगा गराउनुको मूल कारण आउँदो निर्वाचनमा आफ्नो पक्षमा जनमत निर्माण गर्न खोेजेको स्पष्ट देखिन्छ ।’
त्रिपाठीले आफूले त्यस्तो आभास पाएको उल्लेख गर्दै आमनागरिकलाई उत्तेजित नहुन पनि आग्रह गरेका छन् । उनले भनेका छन्, ‘तराई–मधेसका युवा–युवती र आम जनसमुदायसँग मेरो आग्रह छ, यो प्रपञ्चमा पर्नु हुँदैन । यो षडयन्त्रमा फस्नु हुँदैन । यो कुनै पनि हिसाबले उत्तेजित नहुन आग्रह गर्दछु ।’
‘यसको मक्सद ध्रुवीकरण गराउनु हो । मैले यो विषयमा सचेत गराउनुपर्ने स्थिति देखेँ’ उनको भनाइ छ, ‘प्रमाणीकरणका विषयमा आफ्नै कानुनी र संवैधानिक प्रक्रियाहरु छन्, यसलाई त्यही अनुरूप नै यसको समाधान निस्कन्छ । राजनीतिक दलहरूको प्रपञ्चमा पर्दा अर्काे चुनाव र हितलाई साधना मात्रै हुन्छ ।’

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया