घाँस खरिदमा भ्रष्टाचार गर्ने पशु विकास अधिकृतविरुद्ध मुद्दा

काठमाडौँ– पशुका निम्ति घाँस खरिदमै भ्रष्टाचार गरेको ठहरसहित सप्तरीका भेटेनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका पशु विकास अधिकृत शिव नारायण यादवविरुद्ध आयोगले भ्रष्टाचार मुद्दा लगाएको छ ।
आयोगका अनुसार पशु विकास अधिकृत शिवनारायण यादवले फार्मबाट जबरजस्ती खाली बिल लिई उक्त खाली बिलमा घाँस खरिदको नक्कली विवरण भरेका थिए । उक्त घाँस कहाँ, कसलाई, के, कसरी वितरण गरियो भन्ने भरपाईसमेत पेश्की फर्छ्यौटका लागि कार्यालयमा पेस गर्न सकेनन् । फार्मका संचालकलाई ७० हजार रुपैयाँ मात्र भुक्तानी दिई घाँस खरिदका लागि १ लाख ८० हजार रुपैयाँ भ्रष्टाचार गरेको दाबी आयोगको छ ।
त्यसअतिरिक्त यादवले फार्मबाट घाँस खरिद गर्दा फार्मका संचालकलाई दबाब र प्रभावमा पारी २१ हजार रुपैयाँ घूस लिएको दाबी आयोग छ । आयोगले खाली बिल र फार्मका सञ्चालकसँग लिएको २१ हजार रुपैयाँ घूसको छुट्टै अभियोग लगाएको छ ।

कोशी अस्पतालमा कार्यरत चौधरीविरुद्ध नक्कली प्रमाणपत्रको अभियोगमा मुद्दा दायर

चालु आर्थिक वर्षमा भ्रष्टाचारका २७९ उजुरी दर्ता

नागार्जुन नगरपालिका मेयर बस्नेतविरूद्ध साढे ८ करोड बढीको भ्रष्टाचार मुद्दा

चार करोड ८८ लाख बढीको स्रोत नखुलेपछि इन्जिनियर श्रेष्ठविरुद्ध विशेष अदालतमा म…

ठूलीभेरी नगरपालिका प्रकरण : अख्तियारद्वारा सर्वोच्चमा पुनरावेदन

मधेस प्रदेश, कृषि मन्त्रालयका तत्कालीन सचिव सिंहसहित आठ जनाविरुद्ध आरोपपत्र दा…

घुससहित पक्राउ परेका प्रनानि बुढाथोकीविरुद्ध मुद्दा दायर

प्रतिक्रिया