शनिबार २७ बैशाख, २०८२
Saturday, May 10, 2025

थप ७६ जनामा कोभिड संक्रमण

काठमाडौँ- नेपालमा थप ७६ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ ।

देशभर गरिएको १ हजार ८ सय ३० पिसिआर परीक्षणका क्रममा ५३ जना र २ हजार २ सय ३९ एन्टिजेन परीक्षणका क्रममा २३ जनामा कोभिड संक्रमण पुष्टि भएको हो । कोभिडका कारण शुक्रबार कसैको पनि मृत्यु नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै थप ७८ संक्रमित कोभिडमुक्त भएका छन् । हाल नेपालमा १ हजार ३ सय ७१ सक्रिय संक्रमित आइसोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।