थपिए ८४३ कोभिड-१९ संक्रमित, पाँचको मृत्यु

काठमाडौँ : नेपालमा शनिबार थप ८४३ जनामा कोभिड-१९ संक्रमण पुष्टि भएको छ । देशभर गरिएको ५ हजार ३ सय ३३ पीसीआर परीक्षणका क्रममा ७६८ जना र ६७१ एन्टीजेन परीक्षणका क्रममा ७४ जनामा कोभिड पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा संक्रमितको संख्या २ लाख ८३ हजार ६५८ पुगेको छ ।
त्यस्तै कोभिडका कारण थप ५ जनाको मृत्यु भएको छ । हालसम्म कोभिडका कारण ३ हजार ७५ जनाको मृत्यु भएको छ । त्यस्तै थप २२६ संक्रमित निको हुँदा हालसम्म दुई लाख ७५ हजार ३८ संक्रमित निको भएका छन् ।
हाल नेपालमा ५ हजार ५ सय ४५ जना आइसोलेसन र ७४ जना क्वारेन्टाइनमा छन् । हालसम्म नेपालमा २३ लाख ४० हजार ४ सय १७ वटा पीसीआर परिक्षण गरिएको छ ।

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया