आमाको हत्या गर्ने अभिनेता रयानलाई जन्मकैद

लसएञ्जल्स- हलिउड अभिनेता रयान ग्रांथमलाई ६४ वर्षीया आमाको हत्या गरेको आरोपमा जन्मकैद सजाय सुनाइएको छ । अदालतले २४ वर्षे रयानलाई जन्मकैदसँगै १४ वर्षसम्म जमानतमा नछोडिने र आजीवन बन्दुकको प्रयोगमा प्रतिबन्ध लगाउन आदेश दिएको छ ।
क्यानाडाको बैंकूलवरस्थित ब्रिटिस कोलम्बिया सुप्रिम कोर्टले रयानमाथि सजाय सुनाएको हो । अदालतले उनलाई ६ महिनाअघि आफ्नी आमाको हत्या मामिलामा दोषी ठहर्याएको थियो ।
‘रिवरडेल’ र ‘डायरी अफ ए विम्पी किड’ स्टार रयानले मार्च २०२० मा आमाको गोली हानी हत्या गरेका थिए । घरमा पियानो बजाइरहेकी आमाको टाउकोमा उनले गोली हानेका थिए । उनले आमाको हत्या गरेपछि भिडियो पनि बनाएका थिए । भिडियोमा शवको छेउमा उभिएर आफूले आमाको हत्या गरेको उल्लेख गरेका थिए ।
समाचारअनुसार आमाको हत्यापछि उनले क्यानाडाका प्रधानमन्त्री जस्टि ट्रुडोको हत्याको योजना बनाएका थिए । उनले यो कुराको दाबी आफ्नो डायरीमा गरेका छन् । तर, उनले यो काम नगरी प्रहरीसामु आत्मसमर्पण गरेका थिए ।

‘जन्ते बाख्रो’को अग्रीम टिकट बुकिङ खुला, कति पायो शो ?

‘द्रौपदी’ मा डोल्पाको संस्कृति र सुन्दरता

‘अञ्जिला’को मुनाफाबाट कप्तान अञ्जिला तुम्बापो सुब्बाको घर बनाइने

अस्ट्रेलियाका पूर्वक्रिकेटर वार्नरको भारतीय सिनेमामा इन्ट्री

फिल्म ‘कर्मा’को टिजर सार्वजनिक

चलचित्र ‘कर्मा’ मा मुकुनको क्यारेक्टर लुक्स सार्वजनिक

अन्ततः सेन्सरबाट पास भयो फिल्म ‘राजागंज’

प्रतिक्रिया