देउवाले पार्टी एकतालाई भन्दा पनि पाँच दलीय गठबन्धनलाई प्राथमिकता दिए : नेता केसी

काठमाडौँ- नेपाली कांग्रेसका नेता जगदिश्वर नरसिंह केसीले पार्टी सभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक एकतालाई भन्दा पाँच दलीय गठबन्धनलाई प्राथमिकतामा राखेको आरोप लगाएका छन् ।
थापागाँउमा आयोजित कांग्रेस संस्थापन इतर समूहको भेलालाई सम्बोधन गर्दै उनले आन्तरिक एकता बलियो भएको अवस्थामा कांग्रेसलाई अरु दलसँग गठबन्धन गरेर जानुपर्ने अवस्था नआउने दाबी गरे ।
उनले कार्यक्रममा समानुपातिककाे सूची नसच्चिए विकल्प सोच्नुपर्ने अवस्था आउन सक्ने चेतावनी पनि दिए । समानुपातिककाे सूची एकपक्षीय रहेको भन्दै उनले सच्याउनु पर्ने बताए । उनले भने, ‘१६ असोजसम्म नसच्याउने हो भने त्यसको विकल्पमा विकल्पमा हामी अगाडि बढ्नुपर्ने परिस्थिति निर्माण हुनसक्छ।’ उनले समानुपातिकको बन्दसूची पेस गर्दा पार्टीको अर्को समूहलाई अन्याय गरिएको जिकिर गरे।
प्रत्यक्षतर्फको टिकट वितरणमा पनि उही अवस्था आउनसक्ने सम्भावना देखिएको भन्दै आफ्नो समूहले बाध्य भएर खबरदारी सभामा आयोजना गरेको बताए।
उनले सभापति शेरबहादुर देउवाले महाधिवेशनलगत्तै आफू सिंगो कांग्रेसको सभापति बन्ने प्रण गरेकोमा व्यवहारमा त्यसको विपरीत देखिएको तर्क गरे।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया