पार्टीभित्र ४० प्रतिशत सीट सुनिश्चितता नभए विद्रोह हुन्छ

काठमाडौँ- नेपाली कांग्रेसका असन्तुष्ट समूहले पार्टीभित्र ४० प्रतिशत सीट सुनिश्चितता गर्न माग गरेको छ ।
उनीहरूले आफूहरूको मागको सुनुवाइ नभए आगामी निर्वाचनमा जित्न सहज नहुने चेतावनी समेत दिएका छन् । आफूहरूको मागका विषयमा पार्टी नेतृत्वलाई ध्यानाकर्षण गराइएको भन्दै उनीहरूले यस विषयमा गम्भीर हुन पनि आग्रह गरेका छन् ।
कार्यक्रममा कांग्रेस नेता गुरु घिमिरेले पार्टीभित्र ४० प्रतिशत सीट सुनिश्चितता नभए विद्रोह हुने चेतावनी दिए । उनले गुटलाई प्रश्रय दिए पार्टी अघि बढ्न नसक्ने बताए ।
त्यस्तै कांग्रेसका युवा नेता भुपेन्द्रजंग शाहीले समानुपातिक सूची सच्याउन ध्यानाकर्षण गराए । उनले पार्टीमा योगदान गरेका कार्यकर्तालाई सडकमा अलपत्र पारेर नेताहरूले मात्र चुनाव लड्न नपाउने जिकिर गरे ।
त्यस्तै कांग्रेस युवा नेता मनोजमणी आचार्यले पार्टीभित्र न्यायोचित टिकट वितरण हुनुपर्ने भन्दै त्यसो हुन नसके ४० प्रतिशत चाहिने स्पष्ट पारे ।
कार्यक्रममा सहभागी नेताहरूले पार्टी सभापति गठबन्धनलाई मात्रै च्यापेर अघि बढेको र पार्टीभित्रकै नेता तथा कार्यकर्तालाई बेवास्ता गरेको आरोप लगाएका थिए ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया