एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरूले कांग्रेससँग गठबन्धन गरे : रायमाझी

काठमाडौँ- प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सत्तारुढ दलहरूसँग आगामी प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनमा आफ्नो पार्टीसँग एक्लाएक्लै भिड्ने हैसियतनै नभएको दाबी गरेका छन् ।
पूर्वउपप्रधानमन्त्री समेत रहेका सचिव रायमाझीले एमालेसँग एक्लै चुनाव लड्ने हैसियत नभएकाहरुले कांग्रेससँग गठबन्धन गरेर आफ्नो अस्तित्व रक्षा गर्न खोजेको आरोप पनि बताए । नेकपा एमाले अर्घाखाँची–काठमाडौँ सम्पर्क मञ्चले शनिबार (आज) काठमाडौँमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले एमालेसँग प्रतिस्पर्धा गर्न नसकिने निष्कर्षमा पुगेपछि सत्तारुढ दलहरू गठबन्धन गरेरै निर्वाचनमा जान बाध्य भएको दोहोर्याए ।
सचिव रायमाझीले सत्तारुढ गठबन्धन देशी/विदेशी प्रतिक्रियावादीहरूको इसारामा चलेकाले उनीहरूलाई नेपाली जनताले आगामी निर्वाचनमा परास्त गर्नुको विकल्प नभएको बताए ।
सचिव रायमाझीले केपी ओली नेतृत्वको सरकारले मुलुकको विकास र समृद्धिका लागि गरेको कामलाई नेपाली जनताले कहिल्यै नभुल्ने समेत उल्लेख गरे । उनले सत्तारुढ गठबन्धनले चुनाव जिते मुलुक २० वर्षपछि पर्ने भन्दै एमालेको पक्षमा मतदान गर्न पनि सबैलाई आग्रह गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया