गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्था अस्तव्यस्त : शंकर पोखरेल

काठमाडौँ- नेकपा एमालेका महासचिव शंकर पोखरेलले गठबन्धन सरकारका कारण मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका छन् ।
शनिबार काठमाडौँमा केन्द्रीय अर्थ तथा योजना विभागको बुलेटिन सार्वजनिक गर्दै पोखरेलले गठबन्धनका नेताहरूको ध्यान आर्थिक लाभ मात्रै भएकाले मुलुकको आर्थिक अवस्थामा अस्तव्यस्त भएको बताएका हुन् ।
उनले मुलुकको बिग्रिएको आर्थिक अवस्थालाई सहि दिशामा ल्याउने काम एमाले मात्रै गर्ने दाबी गरे । नेतृत्वको प्रश्न सुल्झाउने चुनाव भएकाले हरेक निर्वाचन व्यक्तिको जित हारको मात्रै विषय नभएको उनकाे भनाइ थियाे । उनले अब मुलुकलाई रूपान्तरण गर्ने प्रश्नमा सहमति हुनेहरू एकठाउँ उभिन जरुरी रहेको धारणा राखे । उनले नीतिको प्रश्न छाडेर गरिने गठबन्धनले राष्ट्रलाई अघि बढाउन नसक्ने बताए ।
पोखरेलले एमालेले केपी ओलीको नेतृत्वमा चुनावमा जाने घोषणा गरेपनि गठबन्धनको भने कुनै नेतृत्व नै नभएको टिप्पणी गरे ।
पोखरेलले मुलुकको उचित विकासको मोडललाई अवलम्बन गर्नुपर्ने जिकिर गरे ।

नियतवश मुद्दा चलाइयो, क्लिनचिट लिएर आउँछौं: एकीकृत समाजवादी

नीति तथा कार्यक्रमले विद्यमान आर्थिक समस्याको समाधानतर्फ मार्गनिर्देशन गर्ने एमाल…

गणतन्त्र भ्रष्ट जन्माउने कारखानामा परिणत: कमल थापा

जनमत-उन्मुक्तिबीच एकीकरण हुँदै, २५ पदाधिकारी, ७०० केन्द्रीय सदस्य

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

पुर्व शिक्षामन्त्री सुमनाको शिक्षकहरूसँग अपिल, ‘सरकारको तानाशाह प्रवृत्ति र चरि…

धवल शमशेर राणा आज स्वदेश फर्कदै, भोलीको आन्दोलनमा सहभागी हुने

प्रतिक्रिया