विद्यालय बन्द गरौँ : डा. शेरबहादुर पुन
काठमाडौँ : सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले कोभिडको नयाँ प्रजाति तीन गुणाबढी गतिमा फैलिन सक्ने भएकोले लापर्बाही नगर्न सुझाव दिएका छन् ।
शनिबार काठमाडौँमा आयोजित कार्यक्रममा बोल्दै डा. पुनले भने, ‘यूके भेरियन्ट प्रजातिको यो भाइरस पहिलेभन्दा तीब्र गति फैलिन्छ । हामीले यसअघिको कमजोरीबाट पाठ सिक्नुपर्छ ।’
भारत र तराईबाट काठमाडौँ पसेका व्यक्तिहरू खुला रुपमा हिँडडुल गर्नु खतराको घण्टी भएको बताउँदै उनले सकेसम्म भिडभाडमा नजान आग्रह गरे । उनले कोभिडको नयाँ प्रजातिले बालबालिका बढी जोखिममा रहेको बताए ।
‘अहिले देशभर भौतिक रुपमा शैक्षिक संस्था सञ्चालन भइरहेका छन्,’ उनले भने, ‘शैक्षिक संस्था कोभिड फैलिने माध्यम बन्न सक्छ । त्यसैले केही दिनका लागि विद्यालय बन्द गर्नुपर्छ ।’

पाल्पामा नसर्ने रोगका बिरामीको सङ्ख्या बढ्दो

यसरी छालालाई वर्षायाममा चमक र रोगमुक्त बनाउन सकिन्छ

गर्मीमा छालालाई जोगाउने पाँच घरेलु उपाय

महाकाली अस्पतालमा विशेषज्ञ सेवा थप

आजदेखि अस्पतालका नियमित सेवा सञ्चाल

साउन १ गतेदेखि स्वास्थ्य बीमाले दुई लाखसम्मको सुविधा दिने स्वास्थ्यमन्त्री पौडेलक…

चिकित्सक आन्दोलनमा, बिरामीलाई सास्ती

प्रतिक्रिया