दिलीप ढकालको उपन्यास ‘छलाङ’ लोकार्पण

काठमाडौँ- साहित्यकार दिलीप ढकालको औपन्यासिक कृति ‘छलाङ’को लोकार्पण गरिएको छ । शिखा बुक्स पब्लिकेसनका अध्यक्ष पुष्पराज पौडेलको सभापतित्व, वरिष्ठ गीतकार तथा गजलकार प्रा. डा. कृष्णहरि बरालको प्रमुख आतिथ्य, जातीय विभेदविरुद्धका अभियन्ता हिरा विश्वकर्मा, कथाकार डा. अशोक थापा, समीक्षक अनुपमा रेग्मीको आतिथ्यमा शुक्रबार प्रज्ञा प्रतिष्ठानको पारिजात कक्षमा आयोजित एक कार्यक्रमबिच सो कृतिको लोकार्पण गरिएको हो ।
कार्यक्रमका अध्यक्ष पौडेल, प्रमुख अतिथि प्रा. डा. बराल, डा. अशोक थापा र उपप्राध्यापक अनुपमा रेग्मीले सो कृतिको समीक्षा गरेका थिए ।
सो क्रममा प्रा.डा. बरालले यसअघिका विभिन्न समयका विभिन्न कृतिको प्रसङ्ग निकाल्दै छलाङले समाजमा देखिएका सबै समस्यालाई उठाएको बताए । ‘कुनै कृतिले नारीवाद, कुनैले जातीय विभेदआदि एक–एक विषयको मात्र उठान गरेका छन् तर ढकालको छलाङले जातीय, वर्गीय, लैंगिक आदि विभेद, सामाजिक तथा राजनीतिक सबै समस्याको उठान गरेको छ,’ उनले भने, ‘समाजका सबै कमजोरीलाई समस्याका रूपमा उठाएर लेखकले सुन्दर र शान्त नेपालको परिकल्पना गरेका छन् ।’
त्यस्तै, समीक्षक थापाले उपन्यासकार ढकालको उपन्यास छलाङमा रहेका पात्र आफूले पनि चिनेका र ती पात्रको नालीबेली उतारेको बताए । उनले सो कृतिलाई त्रिपक्षीय छलाङका रूपमा लिएको विश्लेषण गरे । उनले भने, ‘यो कृति जातीय समानताको छलाङ, देशविकासको छलाङ र राजनीतिक छलाङको त्रिवेणी हो ।’ त्यस्तै, समीक्षक रेग्मीले उपन्यासमा मातृत्व बोलेको बताउँदै स्वैरकाल्पनिक दृष्टिले कृति महत्वपूर्ण रहेको बताइन् ।
कार्यक्रममा उपन्यासकार ढकालले अहिलेसम्म जातीय तथा वर्गीय विभेदविरुद्ध जति पनि राजनीतिक तथा साहित्यिक आन्दोलनहरू भए, आन्दोलनका क्रममा कैयौंले ज्यान पनि गुमाए तर तिनले समस्याको समाधान गर्न नसकेको भन्दै यी सबै समस्याको समाधान अथवा छलाङका लागि उपन्यास लेखेको बताए । मुख्य जातीय विभेदविरुद्धको आवाज उठाइएको सो उपन्यासको अन्त्यमा अन्तरजातीय विवाह देखाएर समाज तथा देशले छलाङ मार्ने अपेक्षा राखेको उनको धारणा छ ।
सैंतिस परिच्छेद र २७९ पेजमा रहेको सो उपन्यास शिखा बुक्स पब्लिकेसनले प्रकाशनमा ल्याएको हो । ढकालका यसअघि ‘एक्लै सन्ध्याको मझेरीमा’ गजल सङ्ग्रह, ‘समालोचकीय आलोकमा यदुनाथ खनाल’ समालोचनात्मक कृतिलगायत पुस्तक प्रकाशित भइसकेका छन् ।
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_UoTCEpeG0T_jpnjk8qhldsyzs4iszh0pom0diekly5wwykylrhkvsqkd96vcmcg5nrxy6m7.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

कवि तथा गजलकार सुदिम्नको ‘साहित्य शैली’ कविता तथा गजलसङ्ग्रह सार्वजनिक

प्रतिक्रिया