‘केपी ओलीले विभाजन खोजे, एमाले फुट्न सक्छ’

धनगढी : एमाले उपाध्यक्ष भीम रावलले केपी शर्मा ओलीले एमालेलाई विभाजनतर्फ लगेको आरोप लगाएका छन् । ओलीको क्रियाकलापले एमाले फुट्न सक्ने संकेत रावलले गरे ।
शनिबार धनगढीमा आयोजित नेपाल उत्पीडित जातीय मुक्ति समाजको प्रदेशस्तरीय भेलामा रावलले पार्टी विभाजन प्रधानमन्त्री ओलीले चाहेको आरोप लगाए । ‘पाटी विभाजन गर्न हामीले खोजेको होइन,’ उनले भने, ‘केपी शर्मा ओलीले विभाजन खोजिरहनु भएको छ । भोलि निर्वाचनमा जाने कामका लागि पार्टीको कुनै एउटा स्थिति आइपुग्यो भने हामीले जुनसुकै कदम पनि चाल्नुपर्छ । त्यसका लागि तयार हुनुहोला ।’
उनले पार्टीको नाम र चुनाव चिन्ह फरक पर्न सक्ने भन्दै कार्यकर्ताहरूलाई तयार रहन निर्देशन दिए । नेता रावलले कर्णाली प्रदेशमा एमालेका सांसदहरूले स्वार्थका लागि ह्वीप उल्लंघन नगरेको बताउँदै भने, ‘पार्टीको स्वाधिनता र एकताका लागि ह्वीप उल्लंघन गरिएको हो ।’
उनले आवश्यक परे सुदूरपश्चिममा पनि यस्तो कदम चल्न सकिने बताए । रावलले फागुन २८ को निर्णय कुनै पनि अवस्थामा मान्य नहुने बताउँदै विधान संशोधनलाई पनि अवैध भएको बताए । ‘विधान संशोधनको कार्य र केपी ओली अवैधानिक अध्यक्ष भइसकेका छन्,’ उनले भने ।

सत्ता साझेदार दलमा फाटो ल्याउन विपक्षीले प्रयास गरेः प्रधानमन्त्री ओली

नेताहरूको योगदानको प्रचार-प्रसार गरौः सभापति देउवा

प्रतिनिधिसभाको बैठक बस्दै

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

पूर्वाग्रह राखेर भ्रष्टाचारको मुद्दा दर्ता गरे : पूर्वप्रधानमन्त्री नेपाल

वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्छ : खानेपानीमन्त्री यादव

परराष्ट्रमन्त्री राणाको आग्रहः जनताको खाँचोका सेवामा संवेदनशील हुनु

प्रतिक्रिया