कास्कीमा खानेपानीको पाइप चोरी आरोपमा वडासदस्यसहित ४ जना पक्राउ

पोखरा- खानेपानी पाइप चोरेको आरोपमा कास्कीमा जनप्रतिनिधिसहित ४ जना पक्राउ परेका छन् । कास्कीको मादी गाउँपालिका १ का वडासदस्यसहित ४ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
उनीहरूलाई गत असोज ५ गते राती कास्कीकाे मादी गाउँपालिका स्थित सडक छेउमा रहेको थाक खोलाको खानेपानी संस्थानको पाइप चोरी गरेको आरोपमा पक्राउ गरिएको हो । पक्राउ पर्ने कास्कीको मादी गाउँपालिका १ का वडासदस्य ३४ वर्षीय खरजंग गुरुङ रहेको कास्कीका प्रहरी नायब उपरीक्षक तथा प्रहरी प्रवक्ता सुन्दर तिवारीले जानकारी दिए ।
वडासदस्य गुरुङसँगै मादी ७ थाक बस्ने ३५ वर्षीय रमेश गुरुङ, सोही स्थानका २६ वर्षीय निरज गुरुङ र लमजुङ जिल्ला मध्यनेपाल नगरपालिका ८ घर भइ पोखरा –३ कसेरी बस्ने रिदम भनिने सुनिल परियार रहेका छन् ।
प्रहरी प्रवक्ता तिवारीका अनुसार वडा प्रहरी कार्यालय रामबजारबाट खटिएको प्रहरीको टोलीले ग १ त ५१३७ नम्वरको ट्याक्टरमा पाइप लोड गरेको अवस्थामा उनीहरूलाई पक्राउ गरेको हो । उनीहरूलाई चोरी तथा डाँका मुद्दामा दिन ६ म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_7joQENG2FE_jyn8ljpzw9jqb4tmrqbt0ipua8ptbtoiej7jhuzninrqhdgeku2hlgh9mnyt.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया