कर्णालीका नागरिकले दुई प्रतिशत ब्याजदरमा ऋण पाउने

सुर्खेत : कर्णालीका नागरिकले वार्षिक दुई प्रतिशत ब्याजदरमा ऋण पाउने भएका छन् । कृषि तथा पशुपंक्षी क्षेत्रमा लगानी गरी उत्पादन तथा उघम गर्न चाहाने नागरिकका लागि प्रदेश सरकारले सस्तो व्याजदरमा ऋण उपलब्ध गराउने व्यवस्था गरेको हो । कर्णाली प्रदेशका १० वटै जिल्लाका नागरिकले अब उद्यम गर्न चाहेमा सस्तो ब्याजदरमा ऋण पाउने भएका हुन् ।
भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश र कृषि विकास बैंकबीच भएको सम्झौता अनुसार उद्यम गर्न चाहाने व्यक्ति तथा फर्मलाई वार्षिक दुई प्रतिशत (सस्तो) व्याजदरमा ऋण उपलब्ध गराइने छ । यसरी ऋण लिएर उद्यम गर्ने व्यक्ति तथा फर्मले एक लाख रकमको वार्षिक दुई हजार मात्रै व्याज तिर्नुपर्नेछ । ऋण लिदाँ उनीहरुले धितो भने अनिवार्य राख्नुपर्नेछ । आफ्नो व्यवसायको प्रकृति र कार्ययोजना अनुसार एक लाखदेखि एक करोडसम्म ऋण लिन सकिने सम्झौतामा उल्लेख छ ।
कृषि विकास बैंकमार्फत १० वटा जिल्लाका १८ वटा शाखाबाट दुई प्रतिशत वार्षिक व्याजदरमा ऋण उपलब्ध गराउने गरी बैंक र मन्त्रालयबिच सम्झौता भएको छ । कृषि मन्त्री विमला केसीले कृषि क्रान्ति गर्न चाहनेहरुको लागि राम्रो अवसर भएको बताइन् ।
‘यो अवसरलाई प्रयोग गरी कर्णालीको कृषिमा क्रान्ती ल्याउन सबैमा राम्रो अवसर हो,’ मन्त्री केसीले भनिन्, ‘यस अवसरलाई सकारात्मक रुपमा प्रयोग गरेमा बेरोजगार बस्न पर्दैन ।’ रोजगारीको खोजीमा विदेश भौतारिनुको सट्टा सस्तो व्याजदरमा ऋण लिएर गाउँमै स्वरोजगार बन्न युवाहरुलाई उनको सुझाब छ ।
कर्णालीलाई कृषिमा आत्मनिर्भर बनाउनुका साथै व्यक्तिको आम्दानी बढाउन यस्ता कार्यक्रम ल्याईएको उनले बताइन् । केसीका अनुसार कृषि तथा पशुपालन क्षेत्रमा लगानी गरी उद्यम गर्न चाहानेका लागि थप अनुदानका कार्यक्रम बनाईएका छन् ।

वीरगञ्ज भन्सारद्वारा ११ महिनामा एक खर्ब ५८ अर्ब राजस्व सङ्कलन

आजदेखि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

सातै प्रदेशले ल्याए बजेट, कुन प्रदेशको कति ?

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

नेप्सेमा झिनो अङ्कको सुधार,११ अर्ब बढीको कारोबार

एघार महिनामा ४० प्रतिशत विकास खर्च

चार महिनामा एक करोड बढीका अवैध सामान बरामद

प्रतिक्रिया