सेती नदीमा बगेर दिपायलका बोगटी बेपत्ता
डोटी : सेती नदीमा नुहाउने क्रममा बगेर शनिबार दिउँसो एक जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा जिल्लाको सायल गाउँपालिकाका करिब ३० वर्षीय सूर्यबहादुर बोगटी रहेका छन् ।
दिपायल सिलगढी नगरपालिका वडा नं ४ पिपल्लास्थित सेती नदीमा नुहाउने क्रममा बोगटी बगेर बेपत्ता भएको इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक रुपसिंह थापाले जानकारी दिए ।
बागटीले लगाएको कपडा नदीको किनारामा भेटिको तर उनी अहिलेसम्म पनि भेटिएका छैनन् । नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानीवासीले उनको खोजी गरिरहेका छन् । नदीमा पानीको बहाव बढी भएका कारण खोजीकार्यमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।
गर्मी बढेका कारण उक्त नदीमा नुहाउन जानेको सङ्ख्या बढ्दै गएकाले गत चैतमा नदीमा पौडी खेल्दा एक जना डुबेर मृत्यु भएको थियो । रासस

एमएडब्लू इन्टरप्राइजेज र काठमाडौं महानगरबीच सीप विकास प्रवर्द्धन गर्न सीप मेला …

रातमा खानै नहुने यी हुन तीन खानेकुरा

राशिफलमा यस्तो छ आज तपाईंको भाग्य

निन्द्रा नलागे के खाने ?
अमेरिकामा एकै परिवारका चार नेपाली मृत फेला

मुन्दुम अन्तर्राष्ट्रिय कला संग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

जबरजस्ती करणीको अभियोगमा दैलेखमा एक पक्राउ

प्रतिक्रिया