चाडबाडका बेला गण्डकीमा प्रहरीले यसरी दिदैंछ सुरक्षा

पोखरा- चाडपर्वका बेला हुने सडक दुर्घटना न्यूनीकरणका लागि गण्डकी प्रदेशभर जाँच र उद्धारमा जोड दिइएको छ । चाडपर्वको समय अवधिभर ६७ ठाउँमा स्थायी ड्युटी हुनेछ भने ५१ ठाउँमा नियमित चेकिङ गरिने छ । २८ ठाउँबाट मादक पदार्थ सेवन गरे नगरेको जाँच गरिने छ । गण्डकीका ११ जिल्लाका ३३ ठाउँमा यात्रु सहायता कक्ष राखिने ट्राफिक प्रहरीले जनाएको छ ।
१५ वटा मोवाइल गस्ती, १२ वटा क्यूआरटी परिचालन हुनेछ भने १२ वटा राजमार्ग र ग्रामिण गस्ती गरिने छ । विपद् उद्धारका लागि १२ वटा टोली खटाइने छ । सबै कामका लागि तीन सय ६० जना ट्राफिक प्रहरी परिचालन हुने प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक इन्द्रप्रसाद सुवेदीले जानकारी दिए ।
चाडपर्वमा सवारी दुर्घटना बढी हुने भन्दै त्यसलाई न्यूनीकरण गर्न समयमै सचेतनाका कार्यक्रम आयोजना गर्न लागिएको उनले बताए । पछिल्लो समय सवारीसाधनको प्रयोगबाट अपराध धेरै हुने गरेको भन्दै नियन्त्रणलाई जोड दिइएको छ ।
रसुवामा बेपत्ता भएका गोरखाका दुई जनाको सनाखत गर्न आएनन् आफन्त

सरकारले गर्यो म्याग्दीको संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय खार…
_LbyzHsdAc4_s91sgi0aoyemfehb80g6w4nzojr37cmyd9vhrwgn9xx9wbpm5m5rwwobg2cv_7joQENG2FE_jyn8ljpzw9jqb4tmrqbt0ipua8ptbtoiej7jhuzninrqhdgeku2hlgh9mnyt.jpg)
म्याद थप्दासमेत सम्पन्न भएन प्रशासकीय भवन

बर्सातका कारण सुनसान बने ‘होमस्टे’
तीन करोडको लागतमा नदी नियन्त्रण योजना सम्पन्न

मासुजन्य उत्पादनमा पशुपालक किसानलाई नगद अनुदान

पाडीबाच्छी हुर्काउन ३० लाख अनुदान

प्रतिक्रिया