मनास्लुमा हिमपहिरो : घाइतेकाे अझै उद्धार गर्न सकेन होलिकोप्टरले

काठमाडौं– गोरखाको मनास्लुमा हिमालमा एक्कासी आएको हिमपहिरोमा परी कम्तिमा १० जना घाइते भएका छन् । हिमाल आरोहीलाई अक्सिजनलगायत सामग्री लिएकाहरु हिमपहिरोमा फसेका थिए ।
उद्धारका लागि हेलिकोप्टर मनास्लु क्षेत्रमा पुगिसकेको भएपनि मौसम खराबीका कारण उद्धारमा कठिनाई भइरहेको छ ।
मनास्लु हिमालको दुई थुम्काको बीचबाट हिम पहिरो झरेको गाउँपालिका उपाध्यक्ष लक्ष्मी गुरुङले जानकारी दिइन् । ‘उद्धारका लागि हेलिकोप्टर आएको हो, तर उद्धार गर्न सकिरहेको छैन,’ गुरुङले इकागजसँग टेलिफोनमा भनिन्, ‘मौसम खराबीका कारण समस्या भइरहेको छ ।’ उनले क्षति के कति भएको छ भन्नेबारे पुष्टि हुन नसकेको बताइन् ।
चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको हो । जिल्ला प्रहरी कार्यालय गोरखाका अनुसार पाँचै जना आरोही नेपाली भएको अनुमान गरिएको छ ।
पर्यटन विभागले पनि हिमपहिरो गएको पुष्टि गरेको छ । विस्तृत विवरण आइसकेको छैन ।

गुल्मीमा हावाहुरीबाट ३६ लाखको क्षति

सुत्केरीको हेलिकप्टबाट उद्धार

तीनकुने घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका आरोपीहरू

भारतीयलाई नागरिकता दिलाउने वडाअध्यक्षलाई पक्राउ नगर्दा स्थानीयले जलाए गृहमन्त्र…

तीनकुन घट्ना प्रकरणः यी हुन थप पक्राउ परेका १८ जना

तीनकुने घट्ना प्रकरणः यी हुन ४१ जना पक्राउ परेकाहरू ( नाम सहित )

काठमाडौँका यी-यी ठाउँमा भए कर्फ्यूको आदेश

प्रतिक्रिया