ई खत्रीको ‘ओडेसा डायरी’ लोकार्पण

काठमाडौँ- सुष्मा खत्री रन्जितद्वारा लिखित 'ओडेसा डायरी' नामक कृतिको लोकार्पण भएको छ । मनास्लु होटलमा शनिबार एक कार्यक्रमबीच कृति लोकार्पण गरिएको छ ।
रसिमल बुक पब्लिकेशनबाट प्रकाशित अध्यनको सिलसिलामा ओडेसा बसाइ, त्यहाँको अवस्था र भोगाइ र त्यसले जीवनमा पारेको प्रभावबारे समेटेर खत्रीले डायरी ल्याएकी हुन्।
पुस्तक लोकार्पण गर्दै शिल्ट कन्सल्ट्यान्ट प्रालिका प्रबन्धक इन्जिनियर केशव कुँवरले युक्रेन र रूसबीच युद्ध जारी रहँदा कृति आउनुले त्यस ठाउँको महत्वमाथि थप उजागर गर्ने बताए।
साथै नेपालका लागि ओडेसा शहरको महत्व र नेपाली प्रविधिको विकास तथा शैक्षिक जनशक्तिमा ‘ओडेसा’को योगदानको चर्चा गरे। ओडेसा सहर हाल युक्रेनमा पर्छ। अध्ययनको सिलसिलामा नेपाली जाने गरेका छन्।
नेपाल इन्जिनियरिङ एसोसिएसनका पूर्वअध्यक्ष तथा पुल्चोक इन्जिनियरिङ कलेजका पूर्वडिन डा त्रिरत्न बज्राचार्यले इन्जिनियरिङ क्षेत्रमा आबद्ध भइकन पनि लेखक सुष्मा खत्रीले साहित्य क्षेत्रमा देखाएको रुचिको प्रशंसा गरे। यस कृतिले लेखकमा भएको अन्तर्निहित प्रतिभा आम पाठकमाझ पुग्नु खुसीको कुरा भएको पनि बताए।
मित्रकुञ्जका पूर्वअध्यक्ष तथा रूसी साहित्य समाजका महासचिव चन्द्रकान्त आचार्यले ‘ओडेसा’ले पुराना दिनहरूको सम्झना पुनर्ताजगी हुने र तत्कालको ओडेसा परिवेशलाई पाठकले नजिकबाट नियाल्न सकिने बताए।
सुखी परिवारका प्रबन्धक गाइनो स्पेशलिष्ट डा तुम्ला लाकोल शाहले ओडेसा डायरीमार्फत लेखको लेखकीय क्षमता उजागर हुनुका साथै नेपालले पनि आफ्नो राष्ट्रलाई शैक्षिक हबको रूपमा विस्तार गर्न राज्यको ध्यान जानुपर्नेमा जोड दिए।
खत्रीका जीवनका आरोह-अवरोहलाई बुझेर पाठकले आफूलाई परिष्कृत गर्न सक्ने घोष्ट राइटिङ नेपाल अध्यक्ष कमल ढकालले बताए । घोष्ट राइटिङ नेपाल तथा सिमल बुक पब्लिकेशनले लुकेका र नभनिएका कथा व्यथाहरूलाई खोजेर आम पाठकमाझ पुर्याइरहेको उनले जानकारी दिए।
कार्यक्रममा खत्रीद्वारा रचित तथा स्वरबद्ध ‘आँखाहरू झिमिक्क पार्न नपाउँदै’ गीत सार्वजनिक गरिएको छ। गीतको शब्द–सुष्मा खत्री, कम्पोज सन्तोष भक्त श्रेष्ठ, एरेन्ज जुगल डंगोल, रेकर्ड आर्टोमस स्टुडियोको रहेको छ।

‘भानुभक्तको कृतिले नेपाललाई एकढिक्का बनाउन योगदान दिएको छ’
_3CsYpTzqH0_kanizskuiuszmsip0dfjg0njycqrim0ojwd5zz4jlbgto3smak2yrwwaqg4n_Yt5BFJQCkd_of316rjywlbh4tv9zopt7nqtzfa023sqixdq1bpypdfckfcgrbuhdrqdza1s.jpg)
रेलिमाईलाई दुई लाख राशिको अरनिको अन्तरराष्ट्रिय पुरस्कार

पर्या निबन्ध प्रतियोगितामा तीन उत्कृष्ट निबन्धकारलाई नगदसहित गरियो सम्मान

दशौं वातावरण साहित्य गोष्ठीमा कविता र उत्कृष्ट ३२ निबन्ध संग्रह सार्वजनिक हुने
पूर्वसचिव पाण्डेको ‘सम्झनाका फूलहरू’ बजारमा

‘नीलो प्रेम’ लिएर आए पुरुषोत्तम

तिमी यसरी आयौ

प्रतिक्रिया