ब्राउन सुगरसहित धनुषा दुई जना पक्राउ

धनुषा- सशस्त्र प्रहरीले धनुषाको महिनाथपुरबाट ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका दुई जनालाई सशस्त्र प्रहरीले ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
स६प ८०८६ नम्बरको रातो/कालो रंगको मोटर साइकलमा चढी हेल्मेटमा लुकाएको ब्राउन सुगरसहित सिरहा कर्जना नगरपालिका २ का २३ वर्षीय महादेव मण्डल र १९ वर्षीया अस्मिता खत्रीलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ ।
शंका लागेपछि मोटरसाइकल रोकी जाँच गर्दा हेल्मेटको भित्री भागमा प्लास्टिकको झोलाले बेरेको खैरो रंगको गिलो पदार्थ ब्राउनसुगर बरामद भएको सशस्त्र प्रहरीले जनाएको छ । उनीहरूसहित ब्राउनसुगर र मोटरसाइकललाई इलाका प्रहरी कार्यालय खजुरी धनुषामा बुझाइएको सशस्त्र प्रहरी बताएको छ ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया