शिक्षामन्त्री पौडेलले गरे सिपिएफमा हस्ताक्षर

काठमाडौं - शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले (सीपिएफ) कन्ट्री प्रोग्राम फ्रेमवर्कमा हस्तारक्षर गरेका छन् । अस्ट्रियामा जारी अन्तर्राष्ट्रिय आणविक ऊर्जासम्बन्धी कार्यक्रममा उनले २०२२ देखि २०२७ का लागि कन्ट्री प्रोगाम फ्रेमवर्क (सीपिएफ)मा हस्तारक्षर गरेका हुन् ।
हस्ताक्षरपछि नेपालले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आइएर्ईए)मार्फत विकिरण सुरक्षा, आणविक सुरक्षा, खाद्य र कृषि, स्वास्थ्य जस्ता क्षेत्रमा प्राविधिक सहयोग प्राप्त गर्नेछ । साथै पोषण, खानेपानी र वातावरण, ऊर्जा र उद्योग, आणविक ज्ञान विकास र विस्तारमा सहयोग गर्नेछ ।
साथै सोही अवसरमा शिक्षामन्त्री पौडेलले आइएईएको ६६ औं महासभालाई पनि सम्बोधन गरेका छन् । सम्बोधनका क्रममा उनले निशस्त्रीकरणसम्बन्धी अन्तर्राष्ट्रिय सन्धी वा महासन्धीहरुको पक्ष नेपाल हस्ताक्षरकर्ता भएकाले आणविकको शान्तिपूर्ण प्रयोग गनुपर्नेमा नेपाल दृढ रहेको बताए ।
साथै विश्वशान्ति र निशस्त्रीकरणप्रति नेपालको प्रतिबद्धता रहेको बताउँदै उनले आणविक विज्ञान र प्रविधिलाई आइएईको सुरक्षा ढाँचाभित्र रहेर शान्तिपूर्ण उद्देश्यका लागि प्रयोग गर्नुपर्नेमा नेपाल दृढ रहेको उल्लेख गरे ।
उनले आणविक विज्ञान तथा प्रविधिको क्षेत्रमा नेपालले अपनाएका विभिन्न नीतिगत उपायका बारेमा पनि प्रष्ट पारे । सोही अवसरमा मन्त्री पौडेलले आरसीएको ५०औं वार्षिकोत्सवमा पनि सहभागिता जनाए ।
सोही अवसरमा मन्त्री पौडेलले नेपालमा आणविक विज्ञान र प्रविधिको विकासमा आइएईए र आरसीएको सहयोग बहुमूल्य रहेको बताए । नेपालले विभिन्न प्राविधिक सहयोग परियोजनाहरू र आरसीए परियोनाहरूमार्फत आणविक विज्ञानमा आफ्नो क्षमता अभिवृद्धि र यसको शान्तिपूर्ण प्रयोगमा निरन्तर काम गरिरहेको उनको भनाइ छ ।

परराष्ट्र मन्त्रालयले भन्यो– ‘स्पेनबाट सबै फर्किएका छन्, भ्रममा नपरौँ’

त्रिविका नवनियुक्त उपकुुलपतिले लिए पद तथा गाेपनियताको सपथ
रसुवामा बाढीमा परेर मृत्यु भएकाहरूको परिवारलाई २ लाख दिने निर्णय

अमेरिकाको टेक्सास रहेका नेपालीलाई सतर्क रहन प्रधानमन्त्री ओलीको आग्रह

उद्योगका मुद्दा राष्ट्रका मुद्दा : मन्त्री भण्डारी

प्रधानमन्त्री ओलीबाट रसुुवा र नुवाकोटको बाढी प्रभावित क्षेत्रको अवलोकन

'महिला फुटबल टोलीका मुख्य प्रशिक्षक प्याट्रिक डि वाइल्डको असन्तुष्टिका बारेमा ध्य…

प्रतिक्रिया