चाडपर्व लक्षित अनुगमनलाई तीव्रता

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले चाडपर्व लक्षित अनुगमनलाई तीव्रता दिएको छ ।
बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिकी संयोजक एवं महानगरकी उपप्रमुख सुनिता डंगोलको नेतृत्वमा मंगलबार काठमाडौँका विभिन्न स्थानमा पुगेर बजार अनुगमन गरेको हो । अनुगमन टोलीले प्रदर्शनी मार्गस्थित टुकुचा तरकारी बजार, खसी बजार, खाद्य संस्थान थापाथलीको सुपथ बिक्री कक्षमा लगायतको अनुगमन गरेको थियो ।
त्यस्तै टोलीले कलंकीमा रहेको भाटभटेनी सुपरमार्केटमा खाद्य वस्तुको बिक्री व्यवस्था अनुगमन गर्दै सामानको मूल्य, उत्पादन मिति, म्याद सकिने मिति, अधिकतम मूल्य जस्ता पक्षमा ध्यान दिन सुझाव दिएको थियो । अनुगमनपछि महानगरकी उपप्रमुख डंगोलले, बजारमा गलत गर्ने सबैलाई कारबाही गरिने स्पष्ट पारिन् । स्वच्छ र गुणस्तरीय सामान, सुपथ मूल्यका लागि उपभोक्ता आफैँ सचेत हुनुपर्ने उनको भनाइ छ ।
उनले चाडपर्वपछि पनि निरन्तर अनुगमन हुने जानकारी दिइन् ।

बागमती प्रदेशमा लक्ष्यको ९४ दशमलव १२ प्रतिशत राजस्व सङ्कलन

६४ हजारले लिए कामपाको निःशुल्क कानुनी सेवा

१२२ करदाता कारबाहीमा

ट्र्याक्टरको ठक्करबाट साइकल यात्रीको मृत्यु

विपी राजमार्गः साउनभर राति १२ घण्टा बन्द

आव २०८०/८१ को भन्दा गत आवमा चार अर्ब बढी राजस्व सङ्कलन

प्रतिक्रिया