सोमबार ०५ साउन, २०८२
Monday, July 21, 2025

मकवानपुरमा एकै दिन १ सय ८५ जनामा डेंगु संक्रमण

मकवानपुर- मकवानपुरमा मंगलबार एकै दिन १ सय ८५ जनामा डेंगु संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय मकवानपुरले सार्वजनिक गरेको तथ्याङ्कअनुसार जिल्लामा १ सय ८५ जनामा डेंगु संक्रमण पुष्टि भएको हो । योसँगै जिल्लामा डेंगु पुष्टि हुनेको संख्या २ हजार ६ सय ९१ जना पुगेको छ ।

डेंगु संक्रमण पुष्टि हुनेमा १ सय ५३ जना हेटौंडा उपमहानगरपालिकाका रहेका छन् । यस्तै मकवानपुरगढी गाउँपालिकाका ५ जनामा, बागमती गाउँपालिकाका ५ जनामा, कैलाश गाउँपालिकाका १ जनामा, मनहरी गाउँपालिकाका १२ जनामा, भीमफेदी गाउँपालिकाका ७ जनामा, बकैया गाउँपालिकाका २ जनामा र राक्सिराङ गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको कार्यालयले जनाएको छ ।