श्रम मन्त्रालयले भन्योः बेलायतमा नेपाली नर्सलाई सम्झौताअनुसार रोजगारी, बिचौलियाको पछि नलाग्नू

काठमाडौँ- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायतमा नेपाली नर्सहरूलाई रोजगारी प्रदान गर्ने सन्दर्भमा विभिन्न व्यक्ति तथा संस्थाले नेपाली नागरिकलाई ठगी गरिरहेको विषय सार्वजनिक भन्दै गैरकानुनी कार्य गर्नेलाई कारबाही गर्ने चेतावनी दिएको छ।
बेलायतमा रोजगारी प्रदान गर्ने सन्दर्भमा विभिन्न व्यक्ति तथा संस्थाहरूले नेपाल सरकारका सम्बन्धित अधिकारीहरूसँग समन्वय गराइदिन्छु भन्दै आश्वासन दिएर नेपाली नागरिकलाई ठगी गरिरहेको भन्ने समाचारका सन्दर्भमा मन्त्रालयले ध्यानाकर्षण भएकाे जनाएको हो।
नेपाल सरकारबाट लिइएको सुरक्षित र व्यवस्थित आप्रवासन नीति कार्यान्वयनमा जटिलता आउने हुनाले संलग्न व्यक्ति तथा संस्थालाई यस्ता कार्य नगर्न मन्त्रालयले चेतावनी दिएको हो। यस्तो कार्यमा संलग्नलाई वैदेशिक रोजगार ऐन २०६४ र अन्य सम्बद्ध कानुन बमोजिम कडा कारबाही हुने मन्त्रालयले बताएको छ ।
मन्त्रालयका प्रवक्ता एवम् सहसचिव डण्डुराज घिमिरेले मंगलबार एक विज्ञप्ति जारी नेपाली स्वास्थ्यकर्मीलाई बेलायतमा रोजगारी प्रदान गर्ने सम्झौताअनुसार अहिले कार्यान्वयन ढाँचालाई अन्तिम रुप दिने कार्य भइरहेको जनाएका छन्।
नेपाल सरकारले स्वीकृत गरेपछि नेपाली स्वास्थ्यकर्मी (नर्स)लाई बेलायतमा रोजगारी प्रदान गर्दा कुनै शुल्क नलाग्ने र छनौट प्रक्रिया पारदर्शी तवरले हुने मन्त्रालयले जानकारी दिएको छ । छनौट प्रक्रिया बेलायत सरकारको स्वास्थ्य तथा सामाजिक सेवा मन्त्रालय र नेपालको वैदेशिक रोजगार विभागबाट संयुक्त रुपमा कार्यान्वयन हुने प्रवक्ता घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।
‘सो ढाँचालाई कार्यान्वयन गर्न वैदेशिक रोजगार विभागमा एक छुट्टै कार्यान्वयन इकाइ समेत स्थापना भइसकेको छ,’ विज्ञप्तिमा लेखिएको छ । नेपाल र बेलायत सरकारबीच गत भदौ ६ गते बेलायतमा नेपाली नर्स लैजानका लागि सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
जस्टिस समिट २०२५ सम्पन्न, जातीय विभेद अन्त्यका लागि प्रभावकारी कानुनी कार्यान्वय…

निरञ्जन अखाडाका स्वामी कैलाशानन्दद्वारा चन्द्रागिरि भालेश्वर महादेवको दर्शन
_KKtj27663v_1dmzyngsgysabhqjzrpkqi76svsveecldgriaqxssf93e0vdsyrkpunw3j1n_tGHH88OzP4_gmss5zg8f5dkojdv8kpztegor6y9vrzuzt7cvjadhcidypq5agz6rmolzvcx.jpg)
पाकिस्तानी दूतावास अगाडि प्रदर्शन : पहलगाम आतंककारी आक्रमणमा संलग्नलाई संरक्षण…
_NbfPSYuiJB_frkbn6gi331gyyahchrurejbee0bphyv8jgffjr0cwxutxmo3brvtlxoqp54_9AZIlsVhMy_hyf8pdxniod4cp700x04ot6gymmznozwwflrobf9sxqs5pbegrpqbibouil2.jpg)
भारतीय दूतावास अगाडि प्रदर्शन, 'शान्तिको कुनै विकल्प हुँदैन, युद्धमा कसैले पन…

फेकनको सदस्यमा निराजन सिवाकोटीको उम्मेदवारी, भन्छन्- सेवा गर्ने अवसर दिनेमा ढ…

टिपर दुर्घटना हुँदा चालकको मृत्यु

राशिफलमा यस्तो छ तपाईंको भाग्य

प्रतिक्रिया