१० जनामा कोभिड देखिएपछि चिनियाँ सहर सेन्जेनमा लकडाउन

बेइजिङ- केही व्यक्तिमा कोभिड संक्रमण देखिएलगत्तै दक्षिणी चीनको औधागिक सहर केन्द्र सेन्जेनमा सरकारले लकडाउन घोषणा गरेपछि सर्बसाधरणले विराध जनाएका छन् । दुर्लभ मानिएको उक्त प्रदर्शनमा दर्जनौँ मानिस सहभागी भएको एउटा भिडियो फुटेज सार्वजनिक भएको छ ।
१ करोड ८० लाखभन्दा बढी मानिसहरूको बसोबास रहेको उक्त सहरमा मंगलबार मात्र १० जनामा संक्रमण भएको रिपोर्ट गरिएको थियो । कोभिड शून्य नीति लिएको चीनमा अधिकारीहरूले अझै पनि तीन जिल्लाका बासिन्दाहरूलाई घरमै बस्न आदेश दिएका छन् ।
ट्वीटर जस्तै चीनको सामाजिक सञ्जाल विबोमा पोस्ट गरिएको भिडियोमा दर्जनौँ मानिसले कोभिड लकडाउन हटाउ भन्दै सरकारविरुद्ध नाराबाजी गरेको देख्न सकिन्छ । एउटा क्लिपमा एउटी महिलाले ‘पुलिसले मानिसहरूलाई कुटिरहेको छ ।’ भनेर चिच्याएको सुन्न सकिन्छ । एजेन्सी

सुदूरपश्चिममा कोरोनाविरुद्ध ‘फाइजर’ खोप लगाइँदै

कोरोना भाइरसविरुद्धको १६ लाख ६८ हजार मात्रा खोप आयो

कोरोना भाइरसविरुद्धको फाइजरको ‘मनोभ्यालेन्ट’ खोप ल्याइयो

कोरोनाको नयाँ भेरियन्ट ‘केपी’ : सङ्क्रामक तर कम घातक

सीरम इन्स्टिच्युटले भन्यो- डिसेम्बर २०२१ देखि नै कोभिशिल्डको उत्पादन बन्द छ

एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण

सुदूरपश्चिममा एकै दिन सात जनामा कोरोना पुष्टि

प्रतिक्रिया