फार्ममा आगलागी हुँदा ४० खसी बाख्रा मरे, ६० लाख क्षति

झापा : झापाको बुद्धशान्ति गाउँपालिका–४ देवीवस्तीमा मध्यरातमा बाख्राफार्ममा आगलागी हुँदा ४० बोयर जातका खसीबाख्रा जलेर मरेका छन् । ज्योति बिमलीको एकल लगानीमा सञ्चालित सो फार्ममा गएराति अन्दाजी साढे १२ बजेतिर अचानक आगलागी भएको र मरेका खसीबाख्रा र दानासमेत गरेर रु ६० लाखको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाले जानकारी दिए ।
विर्तामोड र भद्रपुर नगरपालिकाको दमकलसहित नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयबासीको सहयोगमा दुई घण्टामा आगो नियन्त्रण भएको थियो । इँटा, काठ र छिनको छानोले सो बाख्राफार्म निर्माण भएको थियो । आगलागीमा परी फार्म र त्यहाँ भण्डारण गरिएको दानाको ठूलो मात्रा जलेर पूर्णरुपमा नष्ट भएको प्रहरीले जनाएको छ ।
घटनास्थल बुधवारे बजारबाट चार किलोमिटर उत्तर गाउँमा रहेको छ । इलाका प्रहरी कार्यालय बुधबारेले आगलागीको कारण र घटना सम्बन्धमा अनुसन्धान गरिरहेको जनाएको छ । रासस
_pjm03x6aPm_bwqm9nghrzyn1ey4txktpedmqln52zsnczuu1b6uzquxvnrwocznchlljdi2_5ydI7NqXlV_0gvfdnmyyrkxtjfjmmkw741bdkdtdsiwlszpiwy6y3qybh3tk7e1yydfho75_DTZM3KPMyD_dktu6zgpw11qd5mzmtouc938uelubw7tnglzqrgau9pinzzsfqszlw2m2ve8.jpg)
बुटवलमा महिलामाथि गोली प्रहार

पूजाको हत्यामा संलग्न दोषीलाई कारबाही गर्न माग

प्रि–मनसुन अवधिमा ४१ जनाको मृत्यु, २५७ घाइते

सञ्चारिकाको अध्यक्षमा पन्थी

दाल धेरै भयो ? पराठा बनाउने कि

विश्वभरका नेपाली सेफ काठमाडौँमा, भृकुटीमण्डपमा आज फुड फेस्टिभल

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना

प्रतिक्रिया