निर्वाचन बहिस्कार गर्ने नेकपा बहुमतको निर्णय

महोत्तरी- नेपाल कम्युनिस्ट पार्टी ( बहुमत)ले देशलाइ सिक्किमिकरण र फिजिकरण हुनबाट जोगाउने भन्दै आसन्न निर्वाचन बहिस्कार गर्ने निर्णय गरेको छ । मधेश प्रदेशको ब्युरोस्तरीय प्रशिक्षण भेलाले संसदवादी निर्वाचनलाई हरहालतमा रोक्नुपर्ने निष्कर्ष निकालेको हो ।
यसअघि नवौँ महाधिवेशन आयोजक समितिको तेस्रो पूर्ण बैठकले ४ मंसिरको चुनाब अवज्ञा गर्ने निर्णय काठमाडौँमा पत्रकार सम्मेलन गरि सार्वाजनिक गरेको थियो ।
महोत्तरीको बर्दिबासमा भएको ब्युरोस्तरीय प्रशिक्षण भेलाका प्रमुख अथिति चित्रबहादुर आलेले ४ मंसिरको निर्वाचन जनता ठग्न र झुक्याउन गरिएको व्यवस्थाको निरन्तरता रहेको आरोप लगाए ।
केन्द्रीय सल्लाहकार समितिका सदस्य समेत रहेका आलेले कम्युनिस्ट भनेको आफूहरुमात्र भएको दाबी गर्दै प्रचण्डहरू कांग्रेसको शरणमा विलय भएको जिकिर गरे ।
धर्मेन्द्र वास्तोला नेतृत्वको नेकपा कम्युनिस्ट पाटी (बहुमत)ले अब देशमा कम्युनिस्ट र कांग्रेसको नैतिकता सकिसकेको हुनाले क्रान्तिलाई रोज्नुपर्नेमा पनि नेताहरुले बताए ।

रौतहटमा ‘ड्रोन’बाट वनक्षेत्रको निगरानी

शिकारीबास खोलाको कटान रोक्न तटबन्ध निर्माण गरिँदै

पर्साको तिलाबे नदीमा बेलिब्रिज जडान भएन

वडा र स्वास्थ्य चौकी भवन निर्माण

सभामुख मण्डलको नेतृत्वमा ६ सदस्यीय कार्यदल गठन

पौडी सिक्न गएका बालक पोखरीमा बिलाए

‘...त्यसपछि ढुक्कले सुत्न पाइयो’

प्रतिक्रिया