कर्णालीका तीन मन्त्रीको शपथ ६ बजे
सुर्खेत : कर्णालीमा नवनियुक्त तीन जना मन्त्रीले आजै पद तथा गोपनियताको सपथ लिने भएका छन् । कर्णाली प्रदेशको विस्तारित मन्त्रिमण्डलमा नियुक्त मन्त्रीले आज बेलुका ६ बजे बजे पद तथा गोपनीयताको सपथ लिने भएका हुन् ।
मुख्यमन्त्रीको निजी सचिवालयका अनुसार तीन जना मन्त्रीहरुलाई प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले सपथ गराउने छन् । नवनियुक्त मन्त्रीहरुलाई बेलुका ६ बजे सपथ खुवाउने गरि कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ । आफूले तीन जना नयाँ मन्त्री नियुक्त गरेको र शपथ गराईदिन मुख्यमन्त्री शाहीले प्रदेश प्रमुख कलौनीलाई कार्यालयमै पुगेर मन्त्रिपरिषद पुनर्गठन भएको पत्र दिएका थिए ।
शनिबार ‘फ्लोर क्रस’ गरेर एमाले माधव नेपाल समूहका चार जना सांसदले मुख्यमन्त्री शाहीको सरकार जोगाएका थिए । त्यसमध्ये तीन जना सांसदलाई मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गरेका थिए ।
मुख्यमन्त्रीलाई विश्वासको मत दिलाउन ‘फ्लोर क्रस’ गर्ने सांसद नन्दसिंह बुढा, अमर थापा र कुर्मराज शाहीलाई मन्त्रीमा नियुक्त गरिएको हो । नवनियुक्त मन्त्रीहरुमा बुढालाई भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, शाहीलाई उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालय र थापालाई भौतिक पूर्वाधार मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

माओवादी पार्टी एक भयोः अध्यक्ष प्रचण्ड

प्रधानमन्त्री ओली दुबईमा

प्रतिनिधिसभाको बैठक आज बस्ने

प्रधानमन्त्री ओली तुर्कमेनिस्तान प्रस्थान

कार्यवहाक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री सिंहलाई

बहुविवाहलाई छुट दिने कानुन बनाइँदैछ भन्ने भ्रम मात्रैः कानुनमन्त्री चौरसिया

सरकारले सुशासनको अनुभूति दिलाउन सकेनः डा. कोइराला

प्रतिक्रिया