सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

ट्याक्टरबाट खसेर मृत्यु

मकवानपुर- मकवानपुर जिल्ला बकैया गाउँपालिका–५, भडौरामा ट्याक्टरबाट खसेर एक जनाको मृत्यु भएको छ ।

भडौँराबाट श्रीपुर आउँदै गरेको १ त ५०७२ को ट्याक्टरबाट खसेर बकैया–५ का २३ वर्षीय सुमन लो को मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।