कोभिड-१९का कारण बन्द भएका हेटौंडा औद्योगिक क्षेत्रका १११ उद्योग सञ्चालनमा

हेटौंडाः कोभिड-१९ महामारी रोक्न भन्दै सरकारले लगाएको लकडाउनमा बन्द भएका हेटौंडा औद्योगिक क्षेत्रका सबै उद्योगहरू सञ्चालनमा आएका छन् । औद्योगिक क्षेत्र भित्र रहेका रहेका १११ उद्योग सञ्चालनमा आएको हेटौंडा आएका हुन् ।
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको कार्यालयले लकडाउनमा अत्यावश्यक बिस्कुट, चाउचाउ, बेकरी, खानेपानी, दाना र दुग्ध पदार्थ बनाउने उध्योगबाहेकका बन्द भएका थिए । अहिले ती उद्योग केही मात्रामा सञ्चालन भएका छन् । पूर्ण क्षमतामा सञ्चालनमा आउन अझै समय लाग्ने लिमिटेडले जनाएको छ ।
अत्यावश्यक खाद्यपदार्थ उद्योग ८० प्रतिशत क्षमतामा र अन्य रासायनिक, निर्माण सामग्री, मेशिनरी र प्लास्टिकलगायत उद्योग ५० प्रतिशत क्षमतामा सञ्चालनमा आएका छन् ।
औद्योगिक क्षेत्रका उद्योगमा प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा करिब १० हजार ५ सय जनाले रोजगारी पाएका हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रशासकीय अधिकृत राजेन्द्र श्रेष्ठले जानकारी दिए ।
विसं २०२० मङ्सिर २० गते स्थापना भएको औद्योगिक क्षेत्रमा अहिले विभिन्न नयाँ उद्योग स्थापना गर्न करिब एक हजार ८ सय ८५ रोपनी जग्गाको छुट्टै व्यवस्थापन गरिएको कार्यालयले जनाएको छ । औद्योगिक क्षेत्रमा निजी क्षेत्रको झन्डै पाँच अर्ब ५० करोड लगानी रहेको छ भने सरकारी लगानी ९० करोड रहेको कार्यालयले जनाएको छ ।
औद्योगिक क्षेत्रबाट गुणस्तरीय उत्पादित विद्युतीय सामग्री, खाद्यान्नलगायत अन्य सामग्री अन्तर्राष्ट्रिय बजारमा पुर्याइ विदेशी मुद्रा आर्जन गर्ने गरेको मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले जानकारी दिए ।

मण्डनदेउपुरका चार उद्योग बन्द गरियो

अवैध भरुवा बन्दुकसहित एक जना पक्राउ

गर्मी बढेसँगै इच्छाकामनामा आन्तरिक पर्यटकको आगमन वृद्धि
४७ व्यापारीविरुद्ध मुद्दा दायर
पर्यटकको पर्खाइमा माडीको ‘धनलक्ष्मी झरना’

काठमाडौँ महानगरमा सबैभन्दा बढी भवन खाली गराइपाउँ भन्ने विवाद
अब सुकाजोरबासीलाई गाउँमै खानेपानी

प्रतिक्रिया