मदन चित्रकारको ‘थट्स अफ म्युजिङस्’ को लोकार्पण

काठमाडौँ : कलाकार तथा कलालेखक मदन चित्रकारको पुस्तक ‘थट्स अफ म्युजिङस्’को लोकार्पण भएको छ । लाजिम्पाटस्थित सिर्जना कलेज अफ फाइन आर्टसमा काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले पुस्तकको लोकार्पण गरेका हुन् ।
लोकार्पणपछि बोल्दै प्रमुख शाक्यले कला र संस्कृतिको माध्यमबाट समाजलाई जीवन्त बनाउनुपर्ने धारणा राखे । उनले भने, ‘पूर्खाले दिएको संस्कृतिलाई जर्गेना गर्दै हामीले पनि अहिलेको परिवेशलाई कला र संस्कृतिमा उतार्नुपर्ने चुनौती रहेको छ ।’
पुस्तकमाथि टिप्पणी गर्दै सिद्धार्थ आर्ट ग्यालरीका सञ्चालक संगीता थापाले नेपाली कलाका विविध आयामलाई पुस्तकमा खोतल्ने प्रयास भएको बताइन् । राणाकालमा नेपालमा ३८ वटा दरबार बनेको र ती दरबारमा बनाएका पेन्टिङका बारेमा खोज अनुसन्धान हुनुपर्ने विचार उनले व्यक्त गरिन् । उनले भनिन्, ‘नेपाली कला बुझ्न चाहने सबैलाई यो पुस्तक एउटा गाइडलाइन हुन सक्छ ।’
त्यस्तै, पुनम आरएल राणाका अनुसार पुस्तकमा नेपाली कला र कलाकारका बारेमा मात्रै नभई कलाको विकासक्रमसमेत छ । पुस्तकका लेखक एवं कलाकार मदन चित्रकारले नेपालमा ललितकला वाङ्मयको अभाव रहेको बताए । उनले थोरै भए पनि नेपाली कला वाङ्मयलाई समृद्ध बनाउने ध्येय राखेर पुस्तक प्रकाशित गरेको सुनाए ।
सिर्जना कलेज अफ फाइन आर्टस्का अध्यक्ष महेन मोहन श्रेष्ठले नेपाली कलालाई समृद्ध बनाउने उद्देश्य राखेर पुस्तक प्रकाशन गरेको बताए । उनले आगामी दिनमा समेत कलेजले कलाका विभिन्न विषयमा कृति प्रकाशन गर्दै जाने विचार व्यक्त गरे ।
अंग्रेजी भाषामा लेखिएको यस पुस्तकले नेपाली कलामा चलेका विविध शैली, आन्दोलन, विचार, परम्परा, कलाकार तथा तिनका कलाकृतिलाई बुझ्न सघाउँछ । पुस्तकमा नयाँ तथा पुराना पुस्ताका कलाकारका कलाकृति तथा तिनका बारेमा चर्चा समेत गरिएको छ ।

आमिर खान तमिल निर्देशकको फिल्ममा ‘सुपर हिरो’ हुने

पठानका निर्देशकले अक्षय कुमारसँग हरर फिल्म बनाउने

अन्ततः पिके २ मा रणवीर कपुर एलियनको भुमिकामा देखिने पक्का

प्रकृतिमा परेको प्रभाव देखाउने कला प्रदर्शनी

नेटफ्लिक्समा आउँदैछ विश्वमा तहल्का मच्चाउने वेभ सिरिज

कलाकार गुरूङद्वारा कन्यादेवी माविका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

‘महाभारत’ हुने भयो अमिर खानको अन्तिम फिल्म
_S7RlkMCfJH_9mzztrlbc3pseqqmpbbqgiryprwfgm4oue3qhisdu5jbssdalndmmkovt4p0_vDjjB4o4g6_yqd0du0rtivrsgrvsdqgb6mawppt87amtbo45wfmlkbjeabrbwj0apdgitkd_JrLh5DMFMp_zq5wvizcjs3estmecnwf983bxwmruiall31pws6mj6fifw3kyer62jfm2lht.jpg)
प्रतिक्रिया